मैत्रीपूर्ण खेलमा नेपाल बङ्गलादेशसँग २–० ले पराजित - Pahilo Online

मैत्रीपूर्ण खेलमा नेपाल बङ्गलादेशसँग २–० ले पराजित

writer

काठमाण्डौ । नेपाल बङ्गलादेशसँगको मैत्रीपूर्ण खेलमा पराजित भएको छ । बङ्गलादेशको ढाकामा शुक्रबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल बङ्गलादेशसँग २–० गोल अन्तरले पराजित भएको हो ।

खेलको नवौँ मिनेटमा नविद जीवनले गोल गर्दै बङ्गलादेशलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलको अग्रता लिएको बङ्गलादेशले दोस्रो हाफमा अर्काे एक गोल थप्यो । उसका लागि खेलको ८० औँ मिनेटमा महबुबुर रहमानले गोल गरे ।

नेपालले अब बङ्गलादेशसँग आउँदो मङ्गलबार दोस्रो मैत्रीपूर्ण फुटबल खेल्ने छ । नेपाली राष्ट्रिय फुटबल टोलीले एक वर्षपछि शुक्रबार (आज) प्रतियोगिता खेलेको हो । नेपालले गएको वर्षको नोभेम्बरमा विश्वकप छनोट अन्तर्गत कुवेतसित फुटबल खेलेको थियो । नेपाल त्यो खेलमा कुवेतसित १–० गोलले पराजित भएको थियो ।

कोरोना भाइरसको महामारीका कारण त्यसपछि नेपालले कुनै पनि प्रतियोगिता खेलेको थिएन । महामारीकै बीच नेपालले बङ्गलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes