पथरीशनिश्चरे । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लि सेवाकेन्द्र पथरीबाट संचालित पथरी शनिश्चरे नगरपालिका वडा न.४ र ३ मा रहेको समुह नं १४८ र समुह नं ४० का सदस्यहरू बिमला खत्रीको श्रीमान राम खत्री र रामकुमारी शेर्माको श्रीमान आशलाल शेर्माको मृत्युमा क्रमश रू १००,००० र रू.४०,००० ऋण मिनाह गरेको छ । सो रकम हस्तान्तणरण सहारा नेपाल पथरीको कार्यालय प्रमुख चन्द्रकला खातीबाट मिति २०७७ कार्तिक २६ बितरण गरियो ।
सहारा नेपालले सदस्य तथा श्रीमानको मृत्यु हुदा ऋण मिनाह तथा सदस्यलाई बिषालु जनवारहरूले टोक्दा रू.३,००० हातखुटा भाँचिदा तथा सुत्केरी हुदाँ रू.१५०० सदस्यहरूलाई सुबिधा प्रदान गर्दै आएको छ ।