अमेरिका नेपाल मेडिकल फाउण्डेशनले अक्सिजन प्लान्ट निर्माण गरिदिने - Pahilo Online

अमेरिका नेपाल मेडिकल फाउण्डेशनले अक्सिजन प्लान्ट निर्माण गरिदिने

writer

पथरी शनिश्चरे । अमेरिका नेपाल मेडिकल फाउण्डेशनले मोरङको पथरी शनिश्चरे नगर अस्पतालका लागि अक्सिजन प्लान्ट निर्माण गरिदिने भएको छ । फाउण्डेशनका अध्यक्ष पथरी शनिश्चरे नगरपालिका स्थायी घर भई वीर अस्पताल काठमाडौंका पूर्व निर्देशक डा. भूपेन्द्रकुमार बस्नेतको पहलकदमी तथा पथरी शनिश्चरे नगर प्रमुख दिलीपकुमार राई सहितको नगरपालिकाको प्रयासमा अक्सिजन प्लान्ट निर्माण गरिने भएको हो ।

पथरी नगर अस्पतालमा करीब ५० शैय्यालाई पुग्ने अक्सिजन प्लान्ट निमार्णका लागि आज फाउण्डेशनका प्राविधिकहरुले सर्भे गरेको नगरका जनस्वास्थ्य निरीक्षक मुरारी आचार्यले जनाए । उनले कोरोनाको संक्रमणको अवस्थामा समेत झनै आवश्यक रहेको अक्सिजन प्लान्ट निर्माणले निकै महत्व राख्ने बताए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes