जबरजस्ति करणी मुद्धाका फरार प्रतिवादी ११ बर्ष पछी पक्राउ - Pahilo Online

जबरजस्ति करणी मुद्धाका फरार प्रतिवादी ११ बर्ष पछी पक्राउ

writer

उदयपुर । ईलाका प्रहरी कार्यालय बेल्टारले जबरजस्ती करणी मुद्धामा फरार प्रतिवादीलाई ११ बर्ष पछी पक्राउ गरेको छ । मिति २०६६ साल जेष्ठ १४ गते सम्मानित जिल्ला अदालत उदयपुरबाट जबरजस्ती करणी मुद्धामा ७ बर्ष कैद फैसला भई हाल सम्म फरार रहेका चौदण्डीगढी नगरपालिका ९ का ४६ बर्षीय नारायण बहादुर राउतलाई कार्तिक २६ गते बिहान गाउँघरमा नै लुकिछीपी बसिरहेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ परेका राउतलाई तोकिएको कैद भुक्तानको लागी जिल्ला अदालत उदयपुरमा बुझाईएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes