प्रदेश १ मा आज(बुधबार) ४४१ डिस्चार्ज, ३६८ संक्रमित थपिए - Pahilo Online

प्रदेश १ मा आज(बुधबार) ४४१ डिस्चार्ज, ३६८ संक्रमित थपिए

हालसम्म १ लाख ७४ हजार ८०२ जनाको पीसीआर

writer

विराटनगर । प्रदेश १ मा आज(बुधबार) ४४१ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ४३५ र कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ६ जना डिस्चार्ज भएका हुन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १५ हजार ७५६ पुगेको छ । प्रदेश १ मा आज ३६८ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १४८, सुनसरीमा ९८, झापामा ५७, पाँचथरमा २०, उदयपुरमा १०, संखुवासभामा ७, ताप्लेजुङ र इलाममा ४–४, भोजपुरमा ३, सोलुखुम्वु, खोटाङ र धनकुटामा १–१ र प्रदेश १ बाहिरका १४ जना रहेका छन् ।

मोरंगकोको विराटनगरमा ८०, सुन्दरहरैचामा १२, बुढीगंगामा ९, बेलबारी र रतुवामाईमा ८–८, रंगेली र ग्रामथानमा ५–५, उर्लाबारीमा ४, पथरीशनिश्चरे र लेटाङमा ३–३, कानेपोखरी र कटहरीमा २–२, केराबारी, मिक्लाजुङ, धनपालथान, जहदा र सुनबर्षीमा १–१ र स्थानीय तह नखुलेका २ जनामा संक्रमण देखिएको छ ।

सुनसरीको इटहरीमा ४३, धरानमा २८, रामधुनीमा १०, इनरुवामा ७, दुहवीमा ५, बराहक्षेत्रमा ३, भोक्राहानरसिंह र स्थानीय तह नखुलेका १–१, झापाको दमकमा २४, भद्रपुरमा १०, विर्तामोड र मेचीनगरमा ५–५, कमल गाउँपालिकामा ४, अर्जुनधारामा २, कनकाई, गौरादह, शिवसताक्षी, हल्दिबारी र बुद्धशान्तिमा १–१ र स्थानीय तह नखुलेका २ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता पाँचथरको फिदिममा २०, उदयपुरको त्रियुगामा ४, चौदण्डीगढी, उदयपुरगढी र स्थानीय तह नखुलेका २–२, संखुवासभाको खाँदबारीमा ७, ताप्लेजुङको फुङलिङमा ४, इलामको इलाम नगरपालिकामा २, चुलाचुली र स्थानीय तह नखुलेका १–१, भोजपुरको षडानन्द, पौवादुङ्मा र स्थानीय तह नखुलेका १–१, सोलुखुम्वमा १, खोटाङको दिक्तेल रुपाकोट मझुवागढीमा १ , धनकुटाको पाख्रीबास र प्रदेश १ बाहिरका १४ जनामा संक्रमण देखिएको छ ।

प्रदेश १ मा आज १ हजार १२८ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १२८ महिला र २४० पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ७४ हजार ८०२ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes