आर्थिक सहयोग गरी ज्यान बचाइदिन दुवै मिर्गौला पिडित ३० बर्षिय निरु परियारको अपिल - Pahilo Online

आर्थिक सहयोग गरी ज्यान बचाइदिन दुवै मिर्गौला पिडित ३० बर्षिय निरु परियारको अपिल

writer

कानेपोखरी । पीडा शब्दमा व्यक्त गर्न सकिँदैन। जब आँखाबाट आँसु बहन थाल्छ तबमात्र पीडा भएको रहेछ भनेर महसुस गर्न सकिन्छ। म बाँच्न चाहान्छु मलाई बचाइदिनुस भन्दै बिन्ती गर्दैछिन मोरङ कानेपोखरी गाउँपालिका २ पाँचपोखरी (कालिस्थानदेखि पश्चिम) कि मिर्गौला पिडित ३० बर्षिय महिला निरु परियार, करिब १० महिना अघि वैदेशिक रोजगारीको लागि विदेश गएकी निरुले २ महिना मात्र काम गरिन, त्यसपछाडी लकडाउन सुरु भयो र संगसगै स्वास्थ्यमा समस्या आएपछी स्वदेश फर्किएर स्वास्थ्य जाँच गर्दा दुवै मिर्गौला फेल भएको रिपोर्ट आयो।

श्रीमान् मानसिक रोगी छन्। छोरालाई राम्रो शिक्षा दिने उद्देश्य लिएर विदेश गएकी उनको सपना त तुहियो त्यही माथि स्वास्थ्यमा गम्भीर समस्या आएपछी जीवन मरण दोसादमा परेकी उनि हाल आर्थिक अभावका कारण अस्पताल नगई घरमै बस्न बाध्य बनिरहेकी छिन् । घरको आर्थिक अवस्था निकै न्यून छ, घरमा रोजगार गर्ने कोहि छैन। माईतीबाट पनि सहयोग आउने बाटो छैन, बिरामी भएको ३ महिना बढी भयो ऋण खोजेर डाइलाईसिस गर्दा ७०(८० हजार खर्च भइसक्यो भन्दै दुखेसो पोख्छिन निरु परियार । उनिले सबैलाई सहयोग गरिदिन हुन समेत अपिल गरेकी छिन् । उपचार गर्न समेतलाई रकम नभएको र आर्थिक अवस्था पनि एकदमै नाजुक रहेको हुँदा परिवारका सदस्यले सहयोगको अपेक्षा गरेका छन् ।

तपाई हामी सबै मिलेर आफुले खर्च गर्ने बाट थोरै रकम भएपनि छुट्टाएर दिन सकियो भने पक्कै पनि उनिले नयाँ जीवन पाउने छिन कि भन्ने हामीले विश्वास लिएका छौ। सहयोगको लागि बिरामी निरु परियारको मोबाइल नम्बर ९८१३०६४१३८, देवर दिनेश दर्जीको ९८११०८५१२५, आमाजु दिदी लक्ष्मी नेपालको ९८१७३८१३३२, भान्जा मनिष नेपालको मोबाइल नम्बर ९८१४३०६०६४ मा सम्पर्क गरेर सहयोग गर्न सक्नुहुनेछ र एन आइ सी एसिया बैकको बिरामीको बुवाको खाता नम्बर D३८५९८७५११८५२४०१ मा सहयोग गर्न अपिल गरिएको छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes