महिला जागृती वनको अध्यक्षमा पुनः चन्द्रकला चेम्जोङ - Pahilo Online

महिला जागृती वनको अध्यक्षमा पुनः चन्द्रकला चेम्जोङ

writer

पथरीशनिश्चरे । महिला जागृती सामुदायिक वन उपभोक्ता समूह मोरङ पथरीशनिश्चरे ४, ८ र ९ को सोमबार १३ औ साधारण सभा संगसगै कार्यसमिति चुनावी कार्यक्रम सम्पन्न भएको छ। सो कार्यक्रममा मुख्य पाँच कार्यसमितिमा पुनः सर्वसहमत निर्वाचित भएका छन् । अध्यक्ष चन्द्रकला चेम्जोङ, उपाध्यक्षमा रणसिंह राई, सचिवमा तुलसीराम श्रेष्ठ, उपसचिवमा चन्द्रकला न्यौपाने र कोषाध्यक्षमा धर्मध्वज कार्की चयन भएका हुन् । सदस्यमा तुलसा याख्खा, शुभद्रा राई, लक्ष्मी तामाङ र बिमला दाहाल चयन भएका हुन्। अन्य सदस्यहरु केही दिनमै छनोट गरिने अध्यक्ष चेम्जोङले बताइन्।

सो साधारण सभाको अध्यक्षता महिला जागृती सामुदायिक वनकी अध्यक्ष चन्द्रकला चेम्जोङले गरेकी थिइन भने प्रमुख अतिथ्यता सवडिभिजन वन कार्यालय कानेपोखरीका रेन्जर रमेश मगरको रहेको थियो भने विशिष्ट अतिथिको रुपमा नगर महासंघ अध्यक्ष नविनकुमार राई रहेका थिए।

प्रमुख अतिथी सवडिभिजन कार्यालय कानेपोखरीका रेन्जर रमेश मगरले वन व्यवस्थापनबारे प्रष्ट्याउदै वनजङ्लका जिवजन्तु,काठदाउरा लगातार अतिक्रमण हुने क्रम रहेकाले यस अवस्थामा यस्ता कार्यलाई रोक्न सम्पुर्ण वनपदाधिकारी, राजनीतिज्ञलगायतले प्रमुख भुमिका खेल्नुपर्ने सुझाए । सामुदायिक वनको विकास गर्न, वनद्वारा संचालन गरिने क्रियाकलाप प्रति उपभोक्ताले निगरानी राख्नुपर्ने जानकारी दिए।

कार्यक्रमका विशिष्ट अतिथि नगर महासंघ अध्यक्ष नविनकुमार राईले सामुदायिक वनको फरक तरिकाबाट व्यवस्थापन गर्न आवश्यक रहेको बताए। उनले आगामी दिनमा सामुदायिक वनभित्रका स्रोत साधनको सदुपयोग गरे समृद्धिसंग जोड्न सकिने बताउदैे सामुदायिक वनलाई पर्यावरणसंग जोड्न आवश्यक रहेको सुझाव दिए । खुल्ला सत्र कार्यक्रमको समापन गर्दै सो सामुदायिक वनकी अध्यक्ष चन्द्रकला चेम्जोङले विगत देखी नै सामुदायिक वनका विपन्न उपभोक्ताका लागि आयआर्जनको लागि काम गर्दै आएको जानकारी गराउदै आगामी दिनमा पनि उपभोक्ताको हितलाई मध्यनजर गरी काम गर्ने बताइन।

साधारण सभामा आर्थिक बर्ष २०७७र७८ का लागि ३१ लाख ७७ हजार १ सय ५० रुपैयाँको खास र अनुमानित आम्दानी विवरण प्रस्तुत भएको छ । जसमा कार्यालय सञ्चालन तथा सामाजिक विकासतर्फ ११ लाख १२ हजार २ रुपैयाँ ५० पैसा, गरिब न्यूनीकरण खर्चतर्फ ११ लाख १२ हजार २ रुपैयाँ ५० पैसा र वन बिकास तथा संरक्षण व्यवस्थापन खर्चतर्फ ९ लाख ५३ हजार १ सय पैंतालीस बाँडफाँड गरिएको समूह सचिवमा तुलसीराम श्रेष्ठ जानकारी दिए।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes