सुनसरीको २ छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना २ जनाको मृत्यु - Pahilo Online

सुनसरीको २ छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना २ जनाको मृत्यु

writer

सुनसरी । सुनसरीको २ छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका १ करमखोला पुलमा आज बिहान सवा ८ बजे प्रदेश १–०२–०४० प ५२९६ नम्बरको मोटरसाईकलले पैदल यात्रीलाई ठक्कर दिंदा घाईते भएका स्थानीय ५५ बर्षीय धन बहादुर कार्कीको उपचारको क्रममा बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपामा मृत्यु भएको हो । ठक्कर दिने मोटरसाईकल ईलाका प्रहरी कार्यालय चतराले नियन्त्रणमा लिएको छ भने घाईते मोटरसाईकल चालकको बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपामा उपचार भईरहेको उक्त कार्यालयले जनाएको छ ।

यसैगरी सुनसरीकै हरिनगररा गाउँपालिका ३ मा आज बिहान साँढे ९ बजे को २ त ९५८९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरका सह चालक रामधुनी १ का मनोज श्रेष्ठको मृत्यु भएको छ । गौतमपुरमा निर्माणाधिन सडकको लागी पानी बोकेर जाँदै गरेको उक्त ट्याक्टर आफै अनियन्त्रीत भई बिजुलीको पोलमा ठोक्किदा घाईते भएका सहचालक श्रेष्ठको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes