दुहवी नगरपालिकाबाट तास खेलिरहेका ९ जना पक्राउ - Pahilo Online

दुहवी नगरपालिकाबाट तास खेलिरहेका ९ जना पक्राउ

writer

सुनसरी । सुनसरीको दुहवी नगरपालिका ३ बाट तास खेलिरहेका ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा तास खेलिरहेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय दुहवीबाट खटिएको प्रहरी टोलीले रु.७७,७१० (सतहतर हजार सात सय दश) नगद र ३ बुङ तास सहित पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा दुहवी नगरपालिका ३ का ३४ बर्षीय अनिश सिंह, ४२ बर्षीय संसद मिया, ४६ बर्षीय मंगल शाह, ३६ बर्षीय टेक बहादुर गिरी, ३८ बर्षीय आलम अन्सारी, ३४ बर्षीय दिपक अकेला, ५२ बर्षीय मो.मोक्तार, ४५ बर्षीय हजरत मिया र ४४ बर्षीय सन्तोष बराल रहेका छन् । पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes