उच्च मनोवलका साथ जनमैत्री प्रहरी सेवा प्रदान गर्न महानिरीक्षकको निर्देशन - Pahilo Online

उच्च मनोवलका साथ जनमैत्री प्रहरी सेवा प्रदान गर्न महानिरीक्षकको निर्देशन

writer

मोरङ । १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वरबाबु कार्कीले उच्च मनोवलका साथ जनमैत्री प्रहरी सेवा प्रदान गर्न निर्देशन दिएका छन् । १ नम्बर प्रदेशको हिमाली जिल्ला सोलुखुम्बुको निरीक्षण भ्रमणको क्रममा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु, ईलाका प्रहरी कार्यालय (ख) लुक्ला, बिमानस्थल सुरक्षागार्ड लुक्ला र पर्यटक प्रहरी लुक्लाका प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुहुँदै उनले उक्त कुरा बताउनु भएको हो ।

निर्देशनको क्रममा उनले संगठन प्रमुख प्रहरी महानिरीक्षकबाट स्विकृत गरिएको प्रहरी आचार संहिता कार्यादेश २०७७ को बारेमा जानकारी दिनुहुँदै उक्त कार्यादेशको अक्षरस पालन गर्न र कोरोना भाईरसको जोखिम रहिरहेको बर्तमान परिप्रेक्ष्यमा स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरी सोही अनुसार काम गर्न समेत निर्देशन दिए।

पर्यटनको क्षेत्रको रुपमा रहेको सोलुखुम्बु जिल्लामा आउने बिदेशी तथा आन्तरिक पर्यटनहरुको सुरक्षालाई बिशेष ध्यानमा राखी भौगोलिक बिकटता भएता पनी उच्च मनोवलका साथ नागरीकहरुलाई प्रहरी सेवा प्रदान गर्न र कानूनको परीधीमा रही जनचाहाना बमोजिमको सुरक्षा ब्यबस्था मिलाउन समेत निर्देशन दिए । उक्त निरीक्षण तथा अनुगमन कार्यक्रममा सोलुखुम्बु जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश बिक्रम शाही तथा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख प्रहरी नायव उपरीक्षक टेकु नन्द ईवा लिम्बु समेतको उपस्थीति रहेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes