अनुमति बेगार संञ्चालित म्याक्स हस्पिटल बन्द गर्न निर्देशन - Pahilo Online

अनुमति बेगार संञ्चालित म्याक्स हस्पिटल बन्द गर्न निर्देशन

writer

मोरङ । कुनै पनि किसिमको कानुनी अनुमति बेगार सञ्चालन गरीएको म्याक्स हस्पिटल बन्द गर्न प्रशासनले निर्देशन दिएको छ । विराटनगरको महेन्द्रचौकस्थित संचालन गरेको हस्पिटलले कोरोना संक्रमितको उपचारमा विरामीसँग एकै दिनको ८० हजार रुपैयाँसम्म असुली गरेको पाइएपछि स्थानिय प्रशासनले बन्द गर्न निर्देशन दिएको हो ।

सरकारले कोरोना संक्रमतिको उपचा निःशुल्क नगर्ने निर्णाय गरेपछि अनुमति बेगार कोभिड अस्पताल भन्दै विरामीको उपचारमा चर्को शुल्क असुली गरेको पाइएपछि म्याक्स हस्पिटललाई सेवा बन्द गर्न जिल्ला प्रशान कार्यालय मोरङले निर्देशन गरेको हो ।

कोरोना संक्रमण भएका विरामीहरुलाई सेवा दिइरहेका अस्पतालको अनुगमन गर्ने क्रममा म्याक्स हस्पिटलले अनुमति पत्र देखाउन नसकेको र कोभिडका लागि चाहिने न्युनतम स्वास्थ्य सम्वन्धि शर्तहरु पुरा गरेको नपाईएकाले बन्द गर्न मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले निर्देशन दिएका हुन् । प्रशासन कार्यालयले कोभिडका लागि आवश्यक जनशक्ति, संक्रमितको उपचारका लागि अनुमति प्राप्त नगर्दा सम्म र स्वास्थ्य संवन्धि अन्य शर्तहरु पुरा नगर्दा सम्म बन्द गर्न निर्देशन दिएको जनाएको छ । ‘उपचाररत विरामीलाई अन्यत्र व्यवस्थापन गर्न र उपचारवापतको शुल्क नेपाल सरकारले तोके भन्दा बढी नलिन पनि भनिएको छ,’ प्रशासन कार्यालयले हस्पिटललाई काटेको पत्रमा उल्लेख छ ।

प्रशासन कार्यालयले म्याक्स हस्पिटललाई लिखित जवाफ सहित अनुमति विना संवेदनशिल सेवा सञ्चालन गर्नुको कारण माग गरेको छ । प्रशासन कार्यालयले विरामीको उपचार गर्दा सरकारले तोकेको आईसोलेसन संवन्धि निर्देशिका २०७७ लगायतका विधि र मापदण्ड पालना गर्नुपर्छ की पर्दैन, विधि र प्रकृया पुरा नगरी सेवा सञ्चालन गर्दा हुने अनपेक्षित परिणामको जवाफ कसले दिने र संक्रमण ऐन २०२० अनुसार कारवाही किन नगर्ने भनि जवाफ माग गरेको छ । ‘राज्यले तोकेको शुल्कभन्दा महँगो शुल्क लिएका रहेछन्,’ प्रमुख जिल्ला अधिकारी निरौलाले भने, ‘बिरामीले एक दिनको ५० देखि ८० हजारसम्म तिरेको गुनासो गरे ।’

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes