प्रदेश १ मा आइतबार २१९ संक्रमित थपिए, ६०० डिस्चार्ज - Pahilo Online

प्रदेश १ मा आइतबार २१९ संक्रमित थपिए, ६०० डिस्चार्ज

writer

मोरङ । प्रदेश १ मा आइतबार २१९ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १०३, सुनसरीमा ४८, झापामा ३३, ते¥हथुममा ८, उदयपुरमा ६, इलाम र संखुवासभामा २–२, पाँचथर, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका १४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ४८, सुन्दरहरैचामा १५, पथरीशनिश्चरेमा ८, रतुवामाईमा ७, रंगेलीमा ६, उर्लाबारी र कानेपोखरीमा ४–४, जहदा, बुढीगंगा र बेलबारीमा ३–३, ग्रामथानमा १ र स्थानीय तह नखुलेका १ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

सुनसरीको इटहरीमा ३३, इनरुवामा ४, रामधुनीमा ३, देवानगञ्ज, धरान र कोशी गाउँपालिकामा २–२, दुहवी र गढीमा १–१, झापाको गौरादह र कमल गाउँपालिकामा १२–१२, दमकमा ४, गौरीगञ्ज, कचनकवल, अर्जुनधारा , मेचीनगर र स्थानीय तह नखुलेका १–१ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता ते¥हथुमको म्याङलुङमा ८, उदयपुरको चौदण्डीगढीमा ३, त्रियुगामा २ र बेलकामा १, इलामको इलाम नगरपालिका र फाकफोकथुममा १–१, संखुवासभाको पाँचखपन र खाँदबारीमा १–१, पाँचथरको मिक्लाजुङ, भोजपुरको षडानन्द, खोटाङको खोटेहाङमा १–१ र प्रदेश १ बाहिरका १४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २१ हजार ८८४ पुगेकोछ ।

प्रदेश १ मा आइतबार ६०० जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ५९५ र कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ५ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या १४ हजार १७३ पुगेको छ ।

प्रदेश १ मा आइतबार ९७६ जनाको पीसीआर परीक्षण गरिएकोछ । परीक्षण गरिएका मध्ये ७५ महिला र १४४ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ७० हजार ९५१ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes