कानेपोखरी गाउँपालिका वडा नम्बर ४ को कार्यप्रगती विवरण तथा आगामी कार्यक्रम सार्वजनिक - Pahilo Online

कानेपोखरी गाउँपालिका वडा नम्बर ४ को कार्यप्रगती विवरण तथा आगामी कार्यक्रम सार्वजनिक

writer

कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका वडा नम्बर ४ ले आर्थिक वर्ष २०७४/०७५ देखि २०७६/०७७ को बार्षिक कार्यप्रगती विवरण तथा २०७७/०७८ को कार्यक्रमबारे आइतबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ। आर्थिक वर्ष ७४/७५ मा यस वडाले १ करोड १५ लाख ५० हजारको कार्यक्रम तथा योजनाहरु सम्पन्न गरेको छ। गाउँपालिकाबाट वडामा आएको ६३ लाख ६ हजार रुपैयाँको कार्यक्रम सम्पन्न भएको वडाअध्यक्ष धनबहादुर राईले पत्रकार सम्मेलनमा जानकारी दिए।

त्यस्तै, ०७५/०७६ मा वडाभित्र ६० लाखका योजनाहरु सम्पन्न भएका छन् भने पालिकाबाट ७५ लाख १६ हजारको योजनाहरु पूरा भइसकेका छन्। प्रदेशबाट जनता आधारभूत विद्यालय घेराबाराका लागि ८ लाख खर्चिएको हो। संघिय सरकारबाट बयरवन स्वास्थ्य चौकी घेराबाराका लागि १० लाखको बजेट सम्पन्न भएको छ।वडाअध्यक्ष राईका अनुसार ०७६/७७ मा सामाजिक विकासतर्फ ३ लाखमध्ये कोभिडका कारणले १ लाख २५ हजारको तिनवटा योजनाहरु स्थगित भएका छ्न।

पुर्वाधार विकासतर्फ ३९ लाख रुपैयाँको कार्यक्रमहरु सम्पन्न भइसकेका छन् भने सार्वजनिक सेवा तथा क्षमता विकासका लागि छुट्टीएको १० लाख ५० हजारमध्ये ५० हजारको योजना कोरोना कारणले सुचारु हुन सकेन अन्य सबै कार्यक्रमहरु सम्पन्न भइसकेका छ्न। पालिकाबाट आएको ४७ लाख ८० हजारको विभिन्न योजनाका कार्यक्रमहरु सम्पन्न भएका छ्न। प्रदेशबाट छुट्टीएको २७ लाख रुपैयाँको विभिन्न योजनाहरु सम्पन्न भएका छ्न। संघिय सरकारको तर्फबाट ४० लाख ४५ हजार ७ सय ६२ रुपैयाँको कार्यक्रम पूरा भएको देखिन्छ ।

यहि आर्थिक बर्ष ७७/७८ का लागि भने ६० लाख रुपैयाँ कार्यक्रम तथा आयोजनाहरु सम्पन्न गर्नका लागि बजेट विनियोजित भएको छ। अन्त्यमा वडाअध्यक्ष राईले आगामी दिनमा पनि बिकास निर्माणका कार्यलाई चुस्तदुरुस्त तरिकाले सम्पन्न गर्ने जानकारी दिए। सो कार्यक्रममा वडा सदस्यहरु रोशन लामीछाने, शिव दुलाल, साउनी माझी, श्यामकुमारी बिक, वडा सचिव गणेश घिमिरेको उपस्थिति रहेको थियो।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes