मुलुकसिंह बचाउ अभियान द्वारा संकलित रकम परीवारलाई हस्तान्तरण - Pahilo Online

मुलुकसिंह बचाउ अभियान द्वारा संकलित रकम परीवारलाई हस्तान्तरण

writer

कानेपोखरी । कानेपोखरी गाउँपालिका ४ सुनिल मार्ग निवासी प्यारालाइसिसका बिरामी मुलुकसिंह लिम्बूलाई मुलुकसिंह बचाउ अभियान अन्तर्गत संकलित रकम शनिबार हस्तान्तरण गरिएको छ।

सोही समस्यालाई मध्यनजर गर्दै कानेपोखरी ४ खोरिया स्थाई निवासी हाल साउदी अरबलाई कार्य क्षेत्र बनाइरहनु भएका राष्ट्रिय युवा जागरण मञ्च प्रवास कमिटीका उपाध्यक्ष भिम लिम्बूको मुख्य पहलमा अध्यक्ष सिमान्त लोक जोगि, सचिब डुबिन्द्र न्यौपानेलगायतले विभिन्न संघसंस्था, सहयोगी व्यक्तीहरुमार्फत र स्थानिय स्तरमा समाजसेवीहरु मनोजकुमार राजवंशी, भुपेन्द्र सुब्बालगायतको पहलबाट १ लाख १६ हजार संकलन भएको थियो। सो रकममध्ये ३४ हजार ५ सय रुपैयाँ बिरामीको उपचार गर्ने क्रममा प्रदान गरिएको थियो। शनिबार ८१ हजार ५ सय नगद रुपैयाँ बिरामी र उनका श्रीमतिलाई संयुक्त रुपमा हस्तान्तरण गरिएको हो।

सो कार्यक्रममा पालिका उपप्रमुख राजमती इङ्नाम,वडा नम्बर ४ का अध्यक्ष धनबहादुर राई, समाजसेवी एवम नेकपा प्रदेश कमिटी सदस्य ईन्द्र सुब्बा, आदिवासी जनजाती महासंघ जिल्ला उपाध्यक्ष भोजबिर माझी, नेकपा मोरङ जिल्ला सदस्य, कानेपोखरी पार्टी सचिब एवम राजबंशी, समाजसेवी एवम्, पालिका युवा तथा खेलकुद उपप्रमुख भुपेन्द्रकुमार सुब्बा, स्वास्थ्य प्रमुख रोहिन्द्रकुमार राजभण्डारी, समाजसेवी उदिप लिम्बू, गौरव दाहाल, राम खड्कालगायत स्थानियको उपस्तिथि रहेको थियो। सोही कार्यक्रममा बोल्दै उपप्रमुख इङ्नाम आर्थिक सहयोग संकलन जुटाउनमा सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्दै पालिकाबाट पनि केही आर्थिक रकम छुट्टीएको र चाडैं प्रदान गरिने बताइन्। बिरामीको श्रीमती लिलामायाले रकम प्राप्त गरेपछी उपचारमा खर्च गर्ने जानकारी दिइन। हाल मुलुकसिंहको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles