सामुदायिक वनहरुसँग साझेदारी कार्यक्रम सञ्चालनका लागि नगर प्रमुखको आव्हान - Pahilo Online

सामुदायिक वनहरुसँग साझेदारी कार्यक्रम सञ्चालनका लागि नगर प्रमुखको आव्हान

writer

पथरी शनिश्चरे । मारङको पथरीशनिश्चरे १० जिरिखिम्तीस्थित डाँसमोरङ्गी सामुदायिक वन उपभोक्ता समूहको प्रतिनिधिमुलक रुपमा सञ्चालित १९ औं साधारणसभामा  नगर प्रमुख दिलीपकुमार राईले नगर क्षेत्रभित्रका सामुदायिक वनहरुसँग नगरले साझेदारी कार्यक्रम सञ्चालनका लागि वनहरुसँग कार्यक्रम आव्हान गरेका छन् ।

नगर प्रमुख राईले शनिबार वडा नम्वर १० जिरिखिम्तीस्थित डाँसमोरङ्गी सामुदायिक वन उपभोक्ता समूहको प्रतिनिधिमुलक रुपमा सञ्चालित १९ औं साधारणसभामा प्रमुख अतिथिका रुपमा मन्तव्य व्यक्त गर्ने क्रममा सो आव्हान गरेका हुन् । कार्यक्रममा उनले वन, सिमसार तथा पर्यावरणीय संरक्षणको कार्यक्रमका लागि नगरभित्रको भूगोल भएका सामुदायिक वनहरुसँग साझेदारी कार्यक्रमका लागि नगरपालिकाले बजेट छुट्याएकाले त्यस अनुरुप कार्यक्रम बनाएर जान आवश्यक रहेको बताए ।

साथै उनले कोरोना भाइरसको संक्रमण नगरमा पनि बढिरहेकाले त्यसबाट स्वास्थ्य सतर्कता अपनाएर आआफ्नै घरमा रहेर चाडपर्व मनाउनु पर्ने वाध्यतालाई स्मरण गराए । नगरमा २ सयको संख्या कोरोनाबाट संक्रमित भइसकेको र त्यसमध्ये ५ जनाको ज्यानै गइसकेकाले ज्यादै स्वास्थ्य सतर्कता अपनाउन उनले आव्हान गरे ।

साधारणसभामा १० वडाकी कार्यवाहक वडाध्यक्ष मैनादेवी फूयल आचार्य, सामुदायिक वन सामुदायिक वन प्रदेश सचिव रेणुका दहाल, नगर अध्यक्ष रविन्द्रकुमार राई, डाँसमोरङ्गीका पूर्व अध्यक्ष अर्जुन पोखरेल, सीताछधारे सामुदायिक वनका अध्यक्ष शान्तिराम खड्का सहितले शुभकामना मन्तव्य व्यक्त गर्दै सो वनको व्यवस्थापनमा थप चुस्तता अपनाउन जोड दिएका छन् । सो अवसरमा, वन समूह अध्यक्ष जीवन कटुवालले आर्थिक वर्ष ०७७÷७८ को भावी कार्यक्रमका रुपमा सिमसार क्षेत्र निर्माणको थालनी, वनभोजस्थल निर्माणको थालनी, अति विपन्नका लागि २ वटा घर निर्माण सहितका कार्यक्रम अघि सारेका छन् ।

सो समूहले आर्थिक वर्ष आर्थिक वर्ष ०७६÷७७ मा २७ लाख २० हजार ५ सय २५ रुपैयाँ ५३ पैसाको आम्दामी भएको र ०७७÷७८ मा ४० लाख ६६ हजार ७ सय २० रुपैयाँको अनुमानित बजेट तथा कार्यक्रम तय गरेको जानकारी गराएको छ । १ सय ९४ दशमलव ०२ हेक्टर क्षेत्रफल रहेको सो वन समूहमा ३ सय ६५ घरधुरी उपभोक्ता रहेका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes