पथरी शनिश्चरे नगरमा पछिल्लो पटक १० जनामा कोरोना भाइरस संक्रमण - Pahilo Online

पथरी शनिश्चरे नगरमा पछिल्लो पटक १० जनामा कोरोना भाइरस संक्रमण

writer

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरमा पछिल्लो पटक १० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । प्रदेश सरकारको प्रयोगशालामा ३९ जना नयाँ र १८ जना यसअघि संक्रमित भएकाहरुको गरी कुल ५७ जनाको नमूना परीक्षण गरिएको थियो । शनिबार आएको रिपोर्टमा, नयाँमा १० जना र पुरानामा ३ जना गरी १३ जनामा संक्रमण देखिएको नगरका जनस्वास्थ्य निरीक्षक मुरारी आचार्यले जानकारी दिए । जसमा ७ महिला र ६ पुरुष रहेका छन् ।

संक्रमित हुनेहरुमा नगरपालिकाका कर्मचारी सहित समुदायका व्यक्तिहरु रहेका छन् । जसमा, वडा नम्वर १ का ५ महिला र ३ पुरुष, २ का १ पुरुष, ४ का २ पुरुष, ५ की १ महिला र १० का १ पुरुष रहेका छन् ।

नगरमा कोरोना संक्रमणबाट हालसम्म ५ जनाले ज्यान गुमाइसकेका छन् । संक्रमण बढ्दो क्रममा रही ज्यान गुमाउनेको संख्या समेत बढ्दै गएको अवस्थामा नगर प्रमुख दिलीपकुमार राईले अनिवार्य मास्कको प्रयोगका साथै साबुनपानीले हात धुने, सेनिटाइजर लगाउने, भिडभाड नगरी कम्तिमा डेढ मिटरको दूरी कायम गरी अत्यन्तै स्वास्थ्य सतर्कता अपनाउन नगरवासीमा आव्हान दोहोर्याउनु भएको छ । चाडपर्वमा पाहुना जाने र पाहुना आउने नगरी आआफ्नै घरमा बसेर स्वास्थ्य सतर्कता अपनाउन पनि अपिल गरेका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes