मोरङको उर्लाबारी र पथरीमा करेन्ट लागेर २ जनाको मृत्यु - Pahilo Online

मोरङको उर्लाबारी र पथरीमा करेन्ट लागेर २ जनाको मृत्यु

writer

मोरङ । मोरङका २ छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । शुक्रवार दिउँसो पौने ३ बजेको समयमा उर्लावारी ९ मा रहेको मावा खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा स्थानीय ३५ बर्षीय बिनोद परियारको मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको छ । माछा मार्ने क्रममा करेन्ट लागी घाईते भएका परियारलाई उपचारको लागी अरनिको अस्पताल लगिएकोमा उपचारको क्रममा सवा ३ बजे मृत्यु भएको हो ।

यसैगरी मोरङकै पथरीशनिश्चरे ८ शुक्रवारेमा बिजुलीको काम गर्ने क्रममा करेन्ट लागेर सुनसरी रामधूनी – ८ का ४५ सबुरलाल चौधरीको मृत्यु भएको छ । शुक्रवार बेलुका ६ बजेको समयमा पथरीशनिश्चरे ८ का राज नारायण चौधरीको घरमा बिजुलीको काम गर्ने क्रममा करेन्ट लागेर घाईते भएका चौधरीलाई उपचारको लागी मोरङ अस्पताल पथरी पठाईएकोमा उपचारको क्रममा बेलुका साँढे ६ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes