२४ तोला सुन र हुण्डीको रकम सहित एक भारतीय पक्राउ - Pahilo Online

२४ तोला सुन र हुण्डीको रकम सहित एक भारतीय पक्राउ

writer

मोरङ । भारतबाट नेपाल तर्फ ल्याउदै गरेको २४ तोला सुन र हुण्डीको रकम सहित प्रहरीले एक भारतीय युवालई नियन्त्रणमा लिन सफल भएको छ । सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बीओपी) रानीले विराटनगर–१७ इलास्मपुरबाट भारतको अररिया जिल्लास्थित जोगवनी नगर पञ्चायत १३ घर भएका भगतलाई बिहीबार साँझ नियन्त्रणमा लिइएको हो । काँचो सुनलाई तयारी सामग्री बनाएर ल्याउँदै गरेको अवस्थामा पक्राउ गरिएको हो ।

प्रहरीको आँखा छल्नका लागि ‘अण्डरवेयर’ भित्र लुकाएर ल्याइएको सुन र मोजाभित्र राखिएको हुण्डीको रकम बरामद गर्न सफल भएको हो । प्रहरीले हुण्डीको ६ लाख ६२ हजार ६५० रुपैयाँ बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ । प्रहरीले २५ वर्षीय भारतीय नागरिक दीपककुमार भगतलाई पक्राउ गरेको हो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes