विराटनगरमा अटो दुर्घटनामा परी एकको मृत्यु - Pahilo Online

विराटनगरमा अटो दुर्घटनामा परी एकको मृत्यु

writer

मोरङ । शुक्रबार दिउँसो विराटजगर नजिक दुध फारममा अटो दुर्घटनामा एक जनाको मृत्यु भएको छ । भारतीय नम्वर प्लेटको लहरीले ठक्कर दिदा दुर्घटना भएको थियो ।

दुर्घटनामा परेर एक पुरुष र एक महिला गम्भीर घाइते भएका छन् । दुर्घटनामा परेर मृत्यु भएकी अन्दाजी ३५÷४० वर्षीया महिलाको पहिचान खुलेको छैन । उनको उपचारका क्रममा नोबेल शिक्षण अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ । गम्भीर अवस्थाका घाइतेहरुको पनि पहिचान खुलेको छैन । घाइतेमध्ये पुरुष अटोका चालक हुन् । दुवै घाइतेको नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

सुनसरीको दुहवीतिरबाट जादै गरेका एनएल ०२–एन ४४८७ नम्बरको भारतीय लहरीले सोही दिशाबाट जादै गरेको २ ह २८१२ नम्बरको अटो टेम्पोलाई दूधफारम नजिकै ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीले तीव्र गतिमा रहेको लहरीले नियन्त्रण गुमाउँदा दुर्घटना भएको जनाको छ । दुर्घटनाबाट टेम्पोमा पूर्ण रुपमा क्षति पुगेको छ भने लहरी सडकबाट पल्टिएर खेतमा पुगेको छ । प्रहरीले लहरीका चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes