हरियाली वन उपभोक्ता समूहमा तेस्रो कार्यकालका लागि पुनः काबुलबहादुर मगर निर्वाचित - Pahilo Online

हरियाली वन उपभोक्ता समूहमा तेस्रो कार्यकालका लागि पुनः काबुलबहादुर मगर निर्वाचित

writer

अर्जुन जम्नेली राई । पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे नगरपालिकास्थित हरियाली सामुदायिक वन उपभोक्ता समूहमा तेस्रो कार्यकालको लागि अध्यक्षमा पुनः काबुलबहादुर मगर (विकास) सर्वसम्मत निर्वाचित भएका छन् । हरियाली वन संघीय वन मन्त्रालयले प्रदान गर्ने २०७६ सालमा वन ब्यबस्थापनमा देशभरका करिब २३ हजार सामुदायिक वनहरुलाई उछिन्दै राष्ट्रब्यापी गणेशमान सिंह सामुदायिक वन प्रथम पुरस्कार जित्न सफाल भएको थियो ।

समूहको कात्तिक २२ गते १५औं साधारण सभा हुँदैछ । चुनाबी साधारण सभा भएकोले १९ गतेसम्म उम्मेद्बारी मनोनयन दर्ताको समय राखिएको थियो । अध्यक्ष पदका लागि काबुलबहादुर मगरको मात्र उम्मेद्बारी परेपछि निरन्तर तेस्रो कार्यकालको लागि मगर सर्बसहमत निर्वाचित भएका हुन् । अध्यक्षसँगै सचिवमा निर्मला चौहान पनि सर्वसहमत भएकी छन् । उपाध्यक्ष र सहसचिवमा उम्मेद्बारी परे पनि हिजो बिहिबार) मनोनयन फिर्ता भएपछि मुख्य चार पदमा सर्बसहमती जुटेको हो । उपाध्यक्षमा कुमार गुरुङ र चन्द्रकला गुरुङले उम्मेद्बारी फिर्ता लिएपछि केशब दाहाल निर्वाचित भएका हुन् ।

त्यसै गरेर सहसचिवमा सुमित्रा थाङदेन चयन भएका छन् । सदस्यमा नौवटा टोल समितिले सिफारिस गर्ने, दलित र आदिवासी जनजातीबाट एकएक जना आउने नवनिर्वाचित अध्यक्ष काबुल मगरले बताए । लेखा समिति संयोजकमा रमेश दाहाल पनि सर्बसहमत निर्वाचित भएका छन् । कोषाध्यक्षमा पुरानै दिलबहादुर तामाङ र बिष्णु बोगटीले उम्मेद्बारी फिर्ता नलिएपछि निर्वाचन हुने भएको हो । हरियालीले प्राप्त आम्दानी वन ऐन अनुसार वन ब्याबस्थापन, गरिबी न्यूनीकरण र सामाजिक विकासमा खर्च गर्दै आएका छन् ।

पूर्ब पश्चिम मुख्य सडकसँग जोफिएको हरियालीले पर्यटन बिकासको लागि हरियाली सामुदायिक वन कम्पनी दर्ता गरि २० करोडको पहिलो किस्ता स्वरुप १ करोड संस्थागत सेयर रकम संकलन गरिसकेको छ । कम्पनीमा पथरीशनिश्चरे नगरपालिकाले समेत शेयर लगानी गरेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes