कानेपोखरीमा दोश्रो अन्तर वडा फुटबल प्रतियोगिता भोलिबाट सुरु - Pahilo Online

कानेपोखरीमा दोश्रो अन्तर वडा फुटबल प्रतियोगिता भोलिबाट सुरु

writer

कानेपोखरी । कानेपोखरी गाउँपालिका वडा नम्बर–४ मा दोश्रो अन्तर वडा फुटबल प्रतियोगिता २०७७ हुने भएको छ। वडा नम्बर ४ बयरबन कार्यालयको आयोजनामा यहि कार्तिक २२ गते भोलीदेखि २८ गतेसम्म फुटबल प्रतियोगिता हुन लागेको खेल आयोजक समितिका अध्यक्ष सुरेश गुरुङले जानकारी दिए । नेपालीहरुको महान चाड शुभ दीपावली तथा छठ पर्वलाई लक्षित गरि दोश्रो अन्तर वडा फुटबल प्रतियोगिता गर्न लागिएको गुरुङले बताए ।

उनका अनुसार यस प्रतियोगितामा कानेपोखरी गाउँपालिका वडा नम्बर ४ भरिका ८ टिमले सहभागीता जनाएका छन् । अन्तर वडा फुटबल प्रतियोगितामा बिजेता हुनेलाई रु १५ हजार रुपैयाँ र उपबिजेता हुनेलाई रु १० हजार नगद पुरस्कारसहित शिल्ड, प्रमाणपत्र तथा मेडल वितरण गरिने उनले बताए। खेल वडा नम्बर ४ को खोरियास्थित झोलुङ्गे पुल छेउको चौरमा हुनेछ। भोलि दिनको २ बजेबाट खेलको उद्दघाटनसंगै प्रतियोगिता सुरु हुँदैछ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes