शिवालय र भाउन्ने फुटबल क्लब विजयी - Pahilo Online

शिवालय र भाउन्ने फुटबल क्लब विजयी

writer

कानेपोखरी । कानेपोखरी गाउँपालिका वडा नम्बर ६ सुन्तोली टोलस्थित सुन्तोली युवा क्लबले शुभदिपावली र छ्ठपर्वको अवसरमा आयोजना गरेको सुन्तोली च्यालेन्ज कप नकआउट फुटबल प्रतियोगिताको दोश्रो दिन विहिबार दुई वटा खेल भएका छ्न।

शिवालय फुटबल क्लब कानेपोखरी ६ र लालभित्ती फुटबल क्लब बिच भएको पहिलो खेलमा ३–० गोल अन्तरले शिवालय फुटबल क्लब विजयी भएको छ। निर्धारित खेलको १५,४० र ४५ औ मिनेटमा शिवालयका लागि सुशील नाल्वोले ह्याट्रीक गर्दै आफ्नो टिमलाई जित दिलाएका हुन् ।

त्यस्तै, दोश्रो खेल अन्तर्गत भाउन्ने फुटबल क्लब र विशाल फुटबल क्लब बिच भएको खेलमा ३–० गोलको अग्रता सहित भाउन्ने फुटबल क्लब बिजयी भएको छ। खेलको १९ र ४६ औ मिनेटमा सबिन राईले र ३५ औ मिनेटमा बिक्रम तामाङले आफ्नो टिमका लागि गोल गरेका थिए।

खेल हरेक दिनको १ बजेबाट सुरु हुन्छ। आजको खेल अन्तर्गत पहिलो खेलमा द रियल ब्रदस फुटबल क्लब र चिसाङ फुटबल क्लब भिड्ने छ्न भने दोश्रो खेल अन्तर्गत पप्रोगेशिप फुटबल क्लब र बुढा सुब्बा फुटबल क्लबका बीच प्रतिस्पर्धा हुनेछ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes