प्रदेश १ मा विहिबार ५९५ डिस्चार्ज, ४०१ जनामा संक्रमण - Pahilo Online

प्रदेश १ मा विहिबार ५९५ डिस्चार्ज, ४०१ जनामा संक्रमण

writer

मोरङ । पछिल्लो २४ घण्टामा प्रदेश १ मा ५९५ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनमा ५६३, बेलबारी आईसोलेसन केन्द्रबाट १३, इलाम अस्पतालबाट ५, जिल्ला अस्पताल संखुवासभामा ४, विराट मेडिकल कलेज, बैजनाथपुर आईसोलेसन, वि.जेनरल अस्पताल हरिनगर र धाईजन आईसोलेसन केन्द्र र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट २–२ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या १२ हजार ६९५ पुगेको छ ।

प्रदेश १ मा आज ४०१ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १३४, झापामा ११८, सुनसरीमा १०२, उदयपुरमा १५, धनकुटामा ११, इलाममा ३, संखुवासभामा २, ते¥हथुममा १ र प्रदेश १ बाहिरका १५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा ६२, उर्लाबारीमा १६, सुन्दरहरैचामा १५, पथरीशनिश्चरेमा ९, बेलबारीमा ८, रतुवामाईमा ६, रंगेलीमा ५, लेटाङ र केराबारीमा ३–३, कटहरीमा २, बुढीगंगा, धनपाल, मिक्लाजुङ, ग्रामथान र सुनबर्षीमा १–१ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

झापाको दमकमा ४८, विर्तामोडमा २९, कमल गाउँपालिकामा ९, गौरादहमा ७, बुद्धशान्ति, अर्जुनधारा र हल्दिबारीमा ५–५, शिवसताक्षी र भद्रपुरमा ३–३, कनकाई र मेचीनगरमा २–२ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।  सुनसरीको धरानमा ४८, इटहरीमा २९, बराहक्षेत्र र इनरुवामा ६–६, रामधुनी र बर्जुमा ५–५, दुहवीमा २ र भोक्राहानरसिंहमा १, उदयपुरको त्रियुगामा १४, उदयपुरगढीमा १, धनकुटाको धनकुटा नगरपालिकामा १० र साँधुरीगढीमा १, इलामको चुलाचुलीमा २ र देउमाईमा १,संखुवासभाको धर्मदेवी र मादीमा १–१, ते¥हथुमको म्याङलुङमा १ र प्रदेश १ बाहिरका १५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २० हजार ८०२ पुगेको छ ।

प्रदेश १ मा आज १ हजार ४६३ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १५९ महिला र २४२ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ६६ हजार १०३ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes