ओखलढुङ्गामा सङ्घ र प्रदेश सरकार मातहतका चौविस आयोजना अलपत्र - Pahilo Online

ओखलढुङ्गामा सङ्घ र प्रदेश सरकार मातहतका चौविस आयोजना अलपत्र

writer

ओखलढुङ्गा । ठेकेदार कम्पनीले सम्झौता गरी कामम नगरी छाडेको २४ आयोना ओखलढुङ्गामा अलपत्र परेको ती आयोजना सङ्घ र प्रदेश सरकार मातहतका कार्यालयबाट ठेक्का लागेका हन् । त्यस्ता आयोजना पहिचान गरेर जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले रुग्ण प्रकृतिका विकास आयोजनाहरुको सूची तयार पारेको छ ।

कार्यालयले रुग्ण प्रकृतिका विकास आयोजनाहरुको अवस्था सार्वजनिक गर्दै अलपत्र आयोजनाहरु पूरा गर्न जनप्रतिनिधि र सरोकारवालासँग छलफल गरेर निर्देशन दिइएको सहायक प्रमुख जिल्ला अधिकारी तुलसी भट्टराईले जानकारी दिनुभयो । जिल्लामा निर्माण सुरु भइ अलपत्र पारिएका २४ आयोजनाहरु लामो समयदेखि रुग्ण अवस्थामा रहेको प्रशासनको प्रतिवेदनमा उल्लेख छ । कार्यालयले पहिचान गरेका रुग्ण प्रकृतिका आयोजनाहरु विशेष गरी सडक, पुल र भवन रहेका छन् ।

आवश्यकता र औचित्य विपरीत पटक–पटक निर्माण कार्यको सम्झौता अवधि थप गर्दै जाने लचिलो व्यवस्थाको दुरुपयोग गर्दै केही निर्माण व्यवसायीहरुले निर्माण कार्यमा ढिलासुस्ती, लापर्वाही र अप्राकृतिक एवं अनुचित बहानाबाजी गरेकाले विकासका आयोजना अलपत्र भएको सिद्धिचरण नगरपालिकाका मेयर मोहनकुमार श्रेष्ठले बताउनुभयो । पालिकासँग प्रदेश तथा सङ्घका कार्यालयले समन्वय नगर्ने, ठेक्का लगाउने समस्या आए छाड्ने जस्ता काम रोक्नसमेत उहाँले माग गर्नुभयो ।

गृह मन्त्रालयले २०७७ असोज १३ गते विकास निर्माणमा लापर्वाही गर्ने तथा समयमा निर्माण सम्पन्न नगर्नेलाई कारबाही गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको थियो । त्यही निर्देशनअनुसार जनप्रतिनिधि र विषयगत कार्यालय तथा ठेकेदारसँग समन्वय गरेर काम सुरु गर्न परिपत्र गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes