सुन्तोली च्यालेन्ज कप आजबाट सुरु, पहिलो दिन आयोजक र सुन्दर खोर्साने फुटबल क्लब विजयी - Pahilo Online

सुन्तोली च्यालेन्ज कप आजबाट सुरु, पहिलो दिन आयोजक र सुन्दर खोर्साने फुटबल क्लब विजयी

writer

कानेपोखरी । कानेपोखरी गाउँपालिका वडा नम्बर ६ सुन्तोली टोलस्थित सुन्तोली युवा क्लबले आयोजना गरेको भएको छ। सो प्रतियोगिता अन्तर्गत पहिलो दिन आज बुधबार २ वटा खेल भएका छ्न। पिङडाँडा फुटबल क्लब कानेपोखरी ४ र आयोजक सुन्तोली फुटबल क्लब कानेपोखरी ६ बिच भएको पहिलो खेलमा ४–२ गोल अन्तरले ट्राईब्रेकरमा सुन्तोली फुटबल क्लब विजयी भएको हो। निर्धारित खेलको पहिलो हाफमा दुवै टिमबाट १–१ गोल भएको थियो। दोश्रो हाफमा दुवै टिमबाट उत्कृष्ट प्रहार भएपनी गोल भने हुन सकेन।

त्यस्तै, दोश्रो खेल अन्तर्गत सुन्दर खोर्साने फुटबल क्लब र नव दिप फुटबल क्लब कानेपोखरी ६ बीच भएको खेलमा ३–२ गोल अन्तर सहित सुन्दर खोर्साने फुटबल क्लब बिजयी भएको छ । खेलको १८ औ मिनेटमा एन्जस राईले र ३५ र ४५ औ मिनेटमा हेनरीले सुन्दर खोर्सानेको लागि गोल गरेका थिए। त्यस्तै , नव दिपका लागि मुकेश मगरले २२ औ र सगुन लिम्बूले ४० औ मिनेटमा आफ्नो टिम नव दिपका लागि गोल गरेका थिए।

प्रतियोगिता सफलतापुर्वक सम्पन्न गर्न खेल अघि सामान्य औपचारिकरुपमा उद्दघाटन कार्यक्रम सञ्चालन गरिएको थियो। सो, कार्यक्रमको अध्यक्षता सुन्तोली युवा क्लबका अध्यक्ष रोशन राईले गरेका थिए। प्रमुख अतिथ्यता कानेपोखरी ६ का वडाअध्यक्ष खड्क बस्नेतको रहेको थियो भने कानेपोखरीका स्वास्थ्य संयोजक रोहिन्द्रकुमार राजभण्डारी, सुन्तोली आधारभूत विद्यालयका प्रधानाध्यापक धनन्जय फुयल, डिल्लीप्रकाश राई, भुपेन्द्र सिवाकोटी, राजकुमार लिम्बुलगायतको विशेष उपस्तिथि रहेको थियो। प्रमुख अतिथि खड्क बस्नेतले खेल क्षेत्रको बिकासको लागि पालिकाले विभिन्न कार्यक्रमहरु ल्याएको र भविष्यमा पनि ल्याउने बताए। उनले सोहि कार्यक्रममा कोरोना भाइरसबाट आफू र आफ्नालाई बचाउन सधै लागौं भन्दै सुझाए।

खेल हरेक दिनको १ बजेबाट सुरु हुनेछ। भोलि पहिलो खेल अन्तर्गत शिवालय फुटबल क्लब ग्रुप ए र लालभित्ती फुटबल क्लब र दोश्रो खेल अन्तर्गत विशाल फुटबल क्लब र भाउन्ने फुटबल क्लबका बिच प्रतिस्पर्धा हुनेछ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes