स्वास्थ्यका मापदण्ड पुरा गरेर पथरीशनिश्चरे नगरमा कक्षा ११ को परीक्षा सञ्चालनमा अनुमति - Pahilo Online

स्वास्थ्यका मापदण्ड पुरा गरेर पथरीशनिश्चरे नगरमा कक्षा ११ को परीक्षा सञ्चालनमा अनुमति

writer

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरेस्थित कोरोना भाइरस जोखिम न्यूनिकरण नगरस्तरीय समन्वय समितिको आजको बैठकले ३ वटा निर्णय गरेको छ । नगर प्रमुख एवम् समिति संयोजक दिलीपकुमार राईको अध्यक्षताको बैठकले स्वास्थ्यका मापदण्ड पुरा गरेर कार्तिक २१ गतेदेखि नगरमा कक्षा ११ को परीक्षा सञ्चालनमा अनुमति दिने निर्णय गरेको छ ।

त्यस्तैगरी, पथरी बहुमुखी क्याम्पसमा रहेको क्वारेन्टिनलाई आवश्यकता अनुरुप सोही क्याम्पसको दक्षिणतर्फको भागमा आइसोलेसनमा परिणत गर्ने बैठकबाट निर्णय भएको छ । कोरोना संक्रमण बढ्न नदिन होम क्वारेन्टिनमा थप स्वास्थ्य सतर्कता अपनाएर बस्न समेत नगरवासीमा अनुरोध गरिएको छ । साथै तिहार, छैठ जस्ता पर्वहरुमा नगरवासीले थप कोरोना सतर्कता अपनाउने र सुरक्षा निकायले सुरक्षा निगरानी बढाउने निर्णय भएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes