सामुदायिक विद्यालयलाई वाणिज्य बैंकद्वारा कम्प्युटर हस्तान्तरण - Pahilo Online

सामुदायिक विद्यालयलाई वाणिज्य बैंकद्वारा कम्प्युटर हस्तान्तरण

writer

संखुवासभा । राष्ट्रिय वाणिज्य बैंक खाँदबारी शाखाले भोजपुर र संखुवासभाका सामुदायिक विद्यालयहरुलाई कम्प्युटर हस्तान्तरण गरेको छ। खाँदबारीबाट सेवा प्रदान गदै आएको शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत २० थान कम्प्युटर सामुदायिक विद्यालयलाई हस्तान्तरण गरेको हो।

सदरमुकाम खाँदबारीमा भएको कार्यक्रममा सामुदायिक विद्यालयहरुका प्रधानाध्यपकलाई बाणिज्य बैंकले कम्प्युटर हस्तान्तरण गरेको खाँदबारी शाखाका प्रबन्धक अनिष रायमाझीले जानकारी दिए। संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत दुर्गमभेगका साधन र श्रोत कमभएका विद्यालयहरुले पेश गरेको प्रस्तावनाका आधारमा छनौट गरी कम्प्युटर उपलब्ध गराएको प्रवन्धक रायमाझीले बताए।

कम्प्युटर वितरण गर्दे जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यको भने कम्प्युटर प्राप्त गरेपछि विद्यालयलाई प्रविधि मैत्री बनाउन सहयोग पुग्ने बताए। यस कार्यक्रमले साधन र श्रोत कम भएका विद्यालयलाई गरेको सहयोग महत्वपुर्ण भएको प्रमुख शाक्यले बताए।

भोजपुरको साल्पासिलिछो गाउँपालिकाको १ माध्यमिक विद्यालय र ४ आधारभुत विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरेको हो। त्यसैगरी खाँदबारी नगरपालिका – ६ को एक विद्यालयलाई समेत कम्प्युटर प्राप्त गरेको छ। एक विद्यालयले कम्तीमा २ र बढीमा ४ वटा कम्प्युटर पाएका छन्। कोरोना संक्रमणको कारण गत आर्थिक वर्षमा वितरण गर्नुपर्ने कम्प्युटर यस आर्थिक वर्षमा वितरण गरिएको शाखाले जनाएको छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes