प्रदेश १ मा सोमबार ४४९ जना डिस्चार्ज, २५९ संक्रमित थपिए - Pahilo Online

प्रदेश १ मा सोमबार ४४९ जना डिस्चार्ज, २५९ संक्रमित थपिए

writer

मोरङ । प्रदेश १ मा आज २५९ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ९२, मोरंगमा ८०, झापामा ६१, उदयपुर, ते¥हथुम, संखुवासभा, इलाम र ओखलढुङ्गामा २–२, धनकुटा, भोजपुर र ताप्लेजुङ १–१ र प्रदेश १ बाहिरका १३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीको धरानमा ५६, इटहरीमा १७, कोशी गाउँपालिकामा ११, दुहवी र इनरुवामा २–२, देवानगञ्ज, भोक्राहा, बराहक्षेत्र र रामधुनी १–१, मोरंगको विराटनगरमा ३७, सुनबर्षीमा ७, कटहरी र रंगेलीमा ६–६, सुन्दरहरैचा ५, कानेपोखरीमा ४, लेटाङमा ३, रतुवामाईमा २, उर्लाबारी, केराबारी, धनपालथान, जहदा, बुढीगंगा, पथरीशनिश्चरे र ग्रामथानमा १–१, र स्थानीय तह नखुलेका ३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता झापाको विर्तामोडमा १४, दमकमा १२, कनकाईमा ११, अर्जुनधारामा ५, शिवसताक्षीमा ४, मेचीनगर र कमलगाउँपालिकामा ३–३, बुद्धशान्तिमा २, भद्रपुर र गौरीगञ्ज, बा¥हदशी र झापा गाउँपालिकामा १–१, र स्थानीय तह नखुलेका ३ जनाको रिपोर्ट पोजेटिभ आएको छ । उदयपुरको त्रियुगा र स्थानीय तह नखुलेका १–१, ते¥हथुमको छथर र म्याङलुङमा १–१, संखुवासभाको सभापोखरी र स्थानीय तह नखुलेका १–१, इलामको सुर्योदय र स्थानीय तह नखुलेका १–१ र ओखलढुङ्गाको मानेभन्ज्याङ र स्थानीय तह नखुलेका १–१, धनकुटाको पाख्रिबासमा १, भोजपुरको साल्पासिलिछोमा १, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका १३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १९ हजार ७९१ पुगेको छ ।

प्रदेश १ मा आज ४४९ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ४१५, मेची अस्पतालबाट २, कोभिड १९ आईसोलेसन अस्पताल गोठगाउँबाट १७, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र होटल एशियाटिक आईसोलेसनबाट १–१, इटहरी आईसोलेसन केन्द्रबाट १३ जना डिस्चार्ज भएका छन् । हालसम्म ११ हजार ५४७ जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा आज १ हजार २७२ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ९९ महिला र १६० पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ६२ हजार ४१४ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes