प्रहरी आचार संहिता बिपरीत कार्य गर्ने प्रहरी कर्मचारीलाई कडा कारवाही हुने - Pahilo Online

प्रहरी आचार संहिता बिपरीत कार्य गर्ने प्रहरी कर्मचारीलाई कडा कारवाही हुने

writer

मोरङ । संगठन प्रमुख प्रहरी महानिरीक्षकबाट स्विकृत गरिएको प्रहरी आचार संहिता कार्यादेश २०७७ को बारेमा प्रहरी कर्मचारीलाई जानकारी गराउँदै उक्त कार्यादेश विपरीत कार्य गर्ने प्रहरी कर्मचारीलाई प्रहरी नियामावली बमोजिम कडा कारवाही हुने प्रहरी नायव महानिरीक्षक ईश्वर बाबु कार्कीले बताए ।

मोरङ जिल्लाका सिमावर्ती प्रहरी युनिटका प्रहरी प्रमुख तथा सहायकहरुलाई आज १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्राङगणमा निर्देशन दिदै उक्त कुरा बताए । यसैगरी झापा जिल्लाका सिमावर्ती प्रहरी युनिटका प्रहरी प्रमुख तथा सहायकहरुलाई आजै ईलाका प्रहरी कार्यालय अनारमनीमा उपस्थित गराई उनले सोही निर्देशन दिए ।

चार्डवाडको समयमा खुल्ला सिमानाको फाईदा उठाउँदै हुन सक्ने अवैध चोरी निकाशी तथा अन्तरदेशीय रुपमा हुन सक्ने अपराध नियन्त्रणमा कडाईका साथ कार्य सम्पादन गर्न निर्दैशन दिनु हुँदै, सिमा क्षेत्रमा अबैध चोरी निकाशी पैठारीमा मिलेमतो गर्ने र आर्थीक प्रलोभनमा परी कमजोर कार्य सम्पादन गर्ने प्रहरी कर्मचारीहरुलाई प्रहरी नियमावली अनुसार कडा कारवाही गर्ने चेतावनी दिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles