सुनसरीमा मोटरसाईकल दुर्घटनाबाट दुई जनाको मृत्यु - Pahilo Online

सुनसरीमा मोटरसाईकल दुर्घटनाबाट दुई जनाको मृत्यु

writer

सुनसरी । सुनसरी रामधुनी २ शिवनगर स्थित भित्री सडकखण्डमा मोटरसाईकल दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाईकल चालक रामधुनी २ शिवनगरका २४ बर्षीय निमेश चौधरी र मोटरसाईकल पछाडी सवार रहेका सोही स्थानका २३ बर्षीय जिवन चौधरी रहेका छन ।

हिजो राती साढे ८ बजे को २६ प ५६५१ नम्बरको मोटरसाईकलले साईडमा रोकि राखेको को २ त ९८७६ नम्बरको ट्याक्टरको टलीमा ठोकीएर दुर्घटना हुदा मोटरसाईकल चालक निमेश र पछाडी सवार जिवन गम्भिर घाईते भएका थिए । उनिहरुको घोपा धरानमा उपचारको क्रममा राती साढे १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । ट्याक्टर नियन्त्रणमा लिईएको उक्त कार्यालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes