मोटरसाइकलबाट खस्दा वृद्धाको उपचारको क्रममा मृत्यु - Pahilo Online

मोटरसाइकलबाट खस्दा वृद्धाको उपचारको क्रममा मृत्यु

उर्लाबारमा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री गम्भीर घाइते

writer

मोरङ । झापा गौरीगञ्ज नगरपालिका–५ की ६५ वर्षीया एक वृद्धा गुडिरहेको मोटरसाइकलबाट अचानक खस्दा मृत्यु भएको छ । मोरङको रतुवामाई नगरपालिका–५ लारिकट्टाको भित्री सडकखण्डमा को ३७ प २२३२ नम्बरको मोटरसाइकलमा सवार पूर्णसरी ताजपुरियाको उपचारको क्रममा विराटनगरको गोल्डेन अस्पतालमा उपचारको क्रममा निधन भएको हो

मोटरसाइकल चालक मोरङ रतुवामाई–५ का २४ वर्षीय धर्मानन्द ताजपुरिया र मोटरसाइकललाई नियन्त्रणमा लिई कारबाही अगाडि बढाइएको छ । मोटरसाइकल चालकको सवारी चालक अनुमति पत्रसमेत नरहेको पाइएको इलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ ।

त्यस्तै मोरङको उर्लाबारी नगरपालिका–४ पूर्वपश्चिम राजमार्गमा को ३५ प ३८९७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री गम्भीर घाइते बनेका छन् । उर्लाबारी–४ कै पैदलयात्री ५७ वर्षीय दिलकुमारी विक गम्भीर घाइते भई स्थानीय अरनिको अस्पतालमा उपचार भइरहेको छ । मोटरसाइकल चालक ओखलढुंगा सिद्धिचरण नगरपालिका १० का ३७ वर्षीया श्रीधर मग्राती घाइतेको उपचारमा संलग्न रहेकाले मोटरसाइकल नियन्त्रणमा लिइएको छ ।

साथै, तेह्रथुमको आठराई गाउँपालिका–६ माङ्सहारी लोकमार्गबाट झापाको बिर्तामोड जाँदै गरेको अवस्थामा मे ४ प ३८४१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकको भित्तामा ठोक्किदाँ चालक ३० वर्षीय युवराज बास्कोटासहित पत्नी र दुई छोरी घाइते बनेका छन् । जसमध्ये ५ वर्षीया उषा बास्कोटा गम्भीर घाइते बनेका छन् । पत्नी ३० वर्षीया चुना र ७ वर्षीया छोरी रेखिका सामान्य घाइते बनेका छन् । उनीहरूलाई उपचारको लागि बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा पठाइएको छ । घटनास्थल म्याङलुङबाट ७९ किलोमिटर पूर्व पर्छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes