मोरङ । प्रहरी बोडर आउट पोस्ट (बिओपी) जहदा भुटहाले लागुऔषध कारोबार गर्ने एक जनालाई पक्राउ गरेको छ । प्रतिबन्ध लगाएको अवैध लागूऔषध भारतदेखि नेपाल ल्याउने भारतीय नागरिक ३६ वर्षिय दयावाल तिवारी पक्राउ परेका हुन् ।
पक्राउ परेका भारतीय नागरिकको साथबाट सशस्त्र प्रहरीले कोडिन सिरफ नामक लागूऔषध ३८ बोतल, नाइट्रोजोफाम टयाब्लेट २८३ पिस, स्पामोप्रोप्लस १४१ पिस लगायतको विभिन्न नाम गरेको लागूऔषध बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीका इनिस्पेक्टर जंग बहादुर सिंहको टोलीले विराटनगर १८ बाट बुधबार पक्राउ गरेको हो । बरामद भएको लागूऔषध र भारतीय नागरिकलाई आवश्यक कारवाहीको लागि इलका प्रहरी कार्यालय रानी विराटनगर पठाएको छ ।