घरमा हतियार लुकाई राखी स्थानीयलाई ज्यान मार्ने धम्की दिने पक्राउ - Pahilo Online

घरमा हतियार लुकाई राखी स्थानीयलाई ज्यान मार्ने धम्की दिने पक्राउ

writer

सुनसरी । सुनसरी भोक्राहा नरसिंह गाँउपालिका ७ स्थितबाट हतियार लुकाई राखेको आरोपमा एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सोही स्थान बस्ने २३ बर्षीय टुमा सिंह यादब रहेका छन् । यादबले आफ्नो घरमा हतियार लुकाई राख्ने र स्थानीय मानिसहरुलाई ज्यान मार्ने धाकधम्की समेत दिने गरेको विशेष सुराकका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले उनलाइ हिजो विहान १० बजे नियन्त्रणमा लिएको थियो ।

यादबलाई नियन्त्रणमा लिए संगै उनको घर कम्पाउण्डमा खानतलासी गर्ने क्रममा शौचालयको सेफ्टी ट्याङकीको छेउमा कालो प्लाष्टिकको झोला भित्र लुकाई छिपाई राखेको अवस्थामा 7.657 Made in India लेखिएको पेस्तोल थान १ र २ राउण्ड गोली लोड गरीएको म्याग्जीन थान १ समेत फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । पक्राउ परेका यादब उपर हातहतियार खरखजना मुद्दामा कानुनी कारबाही अगाडी बढाईएको उक्त कार्यालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes