जन्मदिनको अवसरमा विद्यार्थीलाई शैक्षिक सामग्री - Pahilo Online

जन्मदिनको अवसरमा विद्यार्थीलाई शैक्षिक सामग्री

writer

कानेपोखरी । पछिल्लो समयमा जन्मदिन मनाउने नाममा हजारौं रुपैयाँ खर्चिएर आफ्नो जम्मदिन मनाउने चलन बढिरहेको छ । जन्मदिनमा केक काट्ने साथीभाई लाई जम्मा गरी भोज समेत गर्ने प्रचलन बढदै गरेको छ । तर केहीमा भने सामाजिक भावना पनि रहेको छ । मोरङको कानेपोखरी गाउँपालिका –४ का एक सामाजिक अभियान्ता युवाले आफ्नो जन्मदिनको खर्च विद्यालयको शैक्षिक विकासका लागि खर्चिएका छन ।

नेकपा मोरङ जिल्ला सदस्य, कानेपोखरी पार्टी सचिव एवम राजवंशी समाज बिकास समिती मोरङ अध्यक्ष युवानेता मनोजकुमार राजवंशीले आफ्नो जन्मदिनको अवसरमा बिहिवार कानेपोखरी ६ को सुन्तोली आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेका हुन् । आधारभूत तह सम्म अध्यापन गराउदै आएको विद्यालयका विद्यार्थीको शैक्षिक विकासका लागि जन्मदिनको खर्च कटाएर केही विद्यार्थीका लागि शैक्षिक सामाग्री हस्तान्तरण गरेको राजवंशीले बताए।

विद्यालयका कुल ७५ विद्यार्थीमध्ये सो कार्यक्रममा उपस्थित ५४ जनालाई ८ वटाका दरले कपि र ३ वटाका दरले कलम हस्तान्तरण गरिएको थियो । अनुपस्थित विद्यार्थीलाई स्कुल सञ्चालन भएपछी प्रदान गरिनेछ । मेरो मुख्य उद्देश्य भनेको सामुदायिक विद्यालयमा विद्यार्थीहरुको आकर्षण बढाउनु हो राजवंशीले भने विद्यार्थीको शैक्षिक उन्नतीको लागी केही खर्च गरेर शैक्षिक सामाग्री वितरण गरिएको हो । हामी जन्मदिन मनाउने नाममा हजारौ खर्च गर्न सक्छौं तर विद्यार्थीको शैक्षिक उन्नतीका लागी कहिलै सोच्दैनौं उनले भने, हरेक सामुदायिक विद्यालयको शैक्षिक विकासका निम्ती अनवरत रुपमा सहयोग गर्ने छु । सोही अवसरमा उनले आगामी दिनमा स्कुलको भौतिक, शैक्षिक सुधारका लागि निरन्तर लागि पर्ने प्रतिबद्धता जनाए ।

शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै सोही विद्यालयकी शिक्षिका रुपा बस्नेतले विद्यालयको शैक्षिक विकासका निम्ती सहयोग हुँदा निकै आनन्द अनुभुति भएको बताइन् । हाम्रो विद्यालयमा अहिले सम्म विद्यार्थीलाई हौसला प्रधान गर्ने काम कसैले गरेको थिएन तर यो शैक्षिक जागरणका निम्ती नयाँ आयाम भएको जानकारी दिइन् । कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले जन्मदिनमा यसप्रकारको उदाहरणिय कार्यको थालनी गरेकोमा प्रशंसा व्यक्त गर्दै आगामी दिनमा पनि यस्तो कार्यलाई निरन्तरता दिनलाई उर्जा मिलोस भन्दै राजवंशीलाई जन्मदिनको शुभकामना दिए।

कार्यक्रमको अध्यक्षता सोही विद्यालय व्यवस्थापन समिती अध्यक्ष शेरबहादुर दर्नालले गरेका थिए । प्रमुख अतिथिमा समाजसेवी एवम नेकपा प्रदेश कमिटी सदस्य ईन्द्र सुब्बा, विशेष अतिथिहरुमा आदिवासी जनजाती महासंघ जिल्ला उपाध्यक्ष भोजबिर माझी, कानेपोखरी स्वास्थ्य शाखा प्रमुख रोहिन्द्रकुमार राजभण्डारी, शाखा अधिकृत गोविन्द फुयल, सुन्तोली आधारभूतका प्रधानाध्यापक धनन्जय फुयल र अतिथीहरुमा ग्रामीण सुधार सामुदायिक वन कानेपोखरीका अध्यक्ष नवीन पौडेल, पत्रकारहरु विध्यानन्द चौधरी, भगत चौधरी, समाजसेवीहरु एकराज फुयल, डिल्लीप्रसाद राई, चिन्तामणी राई, बिक्रम तामाङ, किशोर राजवंशी, भुमी दुलाललगायत स्थानियवासी, शिक्षक, विद्यार्थीको बाक्लो उपस्तिथि रहेको थियो । सोहि विद्यालयका प्रअ धनन्जय फुयलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes