वैकल्पिक शिक्षा प्रणालीबाट सिकाइका लागि गाउँपालिकाका सबै विद्यालयमा इन्टरनेट जडान - Pahilo Online

वैकल्पिक शिक्षा प्रणालीबाट सिकाइका लागि गाउँपालिकाका सबै विद्यालयमा इन्टरनेट जडान

writer

ओखलढुंगा । पुरानो अध्यापन शैलीलाई विस्थापन गर्दै नयाँ प्रविधि मैत्री रुपमा पठनपाठन गराउन ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिकाले सबै विद्यालयमा इन्टरनेट सेवा जडान गरेको छ । वैकल्पिक शिक्षा प्रणालीबाट विद्यार्थीहरूको सिकाइ सहजीकरण गर्ने, विद्यार्थीहरुलाई प्रविधिमैत्री र वैकल्पिक शिक्षा प्रणालीबाट सिकाइमा सहजता ल्याउनका लागि पहिलो चरणमा माध्यमिक तहका सबै विद्यालयमा इन्टरनेट सेवा जडान गरेको गाउँपालिकाले जनाएको छ।

कोरोना महामारीबाट प्रभावित भएको शिक्षा क्षेत्रलाई वैकल्पिक विधिबाट पठनपाठन सुचारु गर्न गाउँपालिकाले पहिलो चारणमा ८, १० र १२ कक्षा सञ्चालनमा रहेका १५ वटा विद्यालयमा इन्टरनेट सेवा जडान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास पौडेलले जानकारी दिए। दोस्रो चरणमा आधारभूत तहका विद्यालयमा समेत इन्टरनेट सेवा जडान गर्ने योजना रहेको उनको भनाइ छ। इन्टरनेट सेवा प्रयोग गरेबापत मासिक शुल्क भने विद्यालय स्वयंले बुझाउनुपर्ने छ।

इन्टरनेटको सुविधा भएपछि विद्यार्थीहरुको पठनपाठनमा सहजता हुने मात्र होइन, विद्यालयको प्रशासनिक कामकाज पनि छिटोछरितो र सहज हुने विश्वास लिइएको छ। इन्टरनेट सेवाले शिक्षकको क्षमता अभिवृद्धि र शैक्षिक गुणस्तरमा समेत वृद्धि हुने शिक्षकहरुको दाबी छ। यसअघि गाउँपालिकाले सेवाग्राहीलाई प्रविधिमैत्री र छिटोछरितो सार्वजनिक सेवा प्रदान गर्नका लागि यहाँका नौ वटै वडा कार्यालयमा इन्टरनेट सुविधा जडान गरिसकेको छ। कम्प्युटरमा सफ्टवेयरको प्रयोगका लागि इन्टरनेट सुविधा आवश्यक भएको र समयानुकूल सार्वजनिक सेवा छिटोछरितो र सहज किसिमले प्रदान गर्नुपर्ने हुँदा विशेष महत्वका साथ इन्टरनेट जडान गरिएको प्रमुख प्रशासकीय अधिकृत पौडेलको भनाइ छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes