झापा । कोरोना संक्रमित मेचीनगर नगरपालिका प्रमुख विमल आचार्यलाई थप उपचारका लागि आज भारतको सिलगुढी लगिएको छ । मधुमेहका बिरामी उनको स्वास्थ्य अवस्था झन् कमजोर हुँदै गएपछि आज साँझ एम्बुलेन्समार्फत काँकडभिट्टा हुँदै सिलिगुढी लगिएको परिवारले जनाएको छ।
कोभिड–१९ बाट १६ दिनअघि संक्रमित भएपछि उनी केही दिन होम आइसोलसन र त्यसपछि लगातार विराटनगरको नोबेल हस्पिटलमा उपचाररत थिए। मेयर आचार्यका स्वकीय सचिव विजय भट्टराईका अनुसार मेयर आचार्यको अवस्था सामान्य भएको र प्रशस्त आराम गर्नुपर्ने भएकाले सिलिगुडी अस्पताल लगिएको बताए। अस्पताललाई उद्धृत गर्दै भट्टराईका अनुसार प्रमुख आचार्यलाई त्यहाँ तीनचार दिन राखिने छ।