नव दिप नकआउट फुटबल प्रतियोगिताको उपाधि पौडेल चोकलाई - Pahilo Online

नव दिप नकआउट फुटबल प्रतियोगिताको उपाधि पौडेल चोकलाई

writer

कानेपोखरी । कानेपोखरी–०६, दहिधापमा स्थापित नव दिप फुटबल क्लबले बडादशै, शुभदिपावली र छठपर्वको पावन अवसरमा आयोजना गरेको नव दिप नकआउट फुटबल प्रतियोगिता अन्तर्गत आइतबार भएको फाइनल खेलमा पौडेल चोक फुटबल क्लब कानेपोखरी ६ बिजयी भएको छ ।

फाइनल खेल हाइवे युथ फुटबल क्लब पथरी शनिश्चरे १ र पौडेल चोक फुटबल क्लब कानेपोखरी ६ बीच दहिधाप डाँडाको खेल मैदानमा भएको थियो । सो प्रतिस्पर्धामा पौडेल चोक फुटबल क्लब १–० गोल अन्तरले विजयी भएको थियो । निर्धारित ३०–३० मिनेटको खेलको पहिलो हाफ १५ औ मिनेटमा पौडेल चोकका लागि अनिल तिम्सिनाले उत्कृष्ट गोल गर्दै अग्रता दिलाएका थिए। सोही गोल जितको निर्णायक गोल बन्यो । दुवै टिमबाट उत्कृष्ट गोलका प्रयास भएपनि दुवै टिमले गोल गर्न भने सकेन् ।

विजेता टिम पौडेल चोकलाई नगद १३ हजार र उपविजेतालाई ८ हजार रुपैयाँ सहित ट्रफी, मेडलसहित प्रमाणपत्र प्रदान गरिएको छ । म्यान अफ दि म्याच पौडेल चोकका अनिल तिम्सिना घोषित भए भने बेस्ट प्लेयरको उपाधी हाइवेका असिम राईले प्राप्त गरे । साथै, पौडेल चोकको तर्फबाट पहिलो गोल गर्ने खेलाडी अनिल तिम्सिनालाई हौसला स्वरुप नेपाली काङ्ग्रेस कानेपोखरी ६ सभापति नेत्र थापाले नगद ५ सय रुपैयाँ प्रदान गरे । आयोजक क्लबका अध्यक्ष मानकुमार माझी, प्रमुख अतिथी समाजसेवी देवेन्द्र लुइँटेल, बिशिष्ट अतिथीहरु नेपाली काङ्ग्रेस महासमिति संयोजक जयराज संयोक, ग्रामीण सुधार सामुदायिक वन कानेपोखरी क्षेत्र नम्बर ३ का संयोजक शेरबहादुर लिम्बूलगायतले विजेता र उपविजेता टिमलाई खदा, अबिर प्रमाणपत्रसहित बधाई दिएका थिए ।

समापन समारोहमा खेलपे्रमी, समाजसेवीहरु सन्तोष फुयल, सुशील राई, भुपेन्द्र सिवाकोटी, शंकर लिम्बू, इन्द्रमाया राई, पुर्ण बोहोरा, डिन्डर खड्कालगायतको विशेष उपस्थिति रहेको थियो । यो प्रतियोगिता असोज ३० गतेदेखी कार्तिक ९ गतेसम्म सञ्चालन भएको हो।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes