खर्च बेहोर्न नसक्ने सबै कोरोना सङ्क्रमितको निःशुल्क उपचार गर्न स्वास्थ्य मन्त्रालय निर्देशन् - Pahilo Online

खर्च बेहोर्न नसक्ने सबै कोरोना सङ्क्रमितको निःशुल्क उपचार गर्न स्वास्थ्य मन्त्रालय निर्देशन्

writer

मोरङ । कोरोना संक्रमित भएर उपचार खर्च बेहोर्न नसक्ने बिरामीको उचार निशुल्क गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ । कतिपय अस्पतालले बिरामी भर्ना गर्नकै लागि रकम माग गरेको र रकम जम्मा गर्न नसक्नेहरु उपचारबाट बञ्चित भएको गुनासो आएको भन्दै मन्त्रालयले उपचार खर्च तिर्न सक्दिन भनेर स्वघोषणा गरेका सबै बिरामीको निःशुल्क उपचार गर्न निर्देशन दिएको हो ।

मन्त्रालयले विज्ञप्ती निकालेर उपचार खर्च तिर्न सक्दिन भनि स्वघोषणा गरेका सबै बिरामीको उपचार खर्च सरकारले तिर्ने भन्दै यदि उपचार खर्च बुझाउन नसकेर कुनै सङ्क्रमितको स्वास्थ्यमा असर परेमा सम्बन्धित अस्पताल नै जिम्मेवार हुने पनि मन्त्रालयले चेतावनी दिएको छ । मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमका कोअर्डिनेटर डाक्टर गुणराज लोहनीले निकाल्नुभएको विज्ञप्तीमा सबै सरकारी, सामुदायिक, निजी, गैरसकारी अस्पताल तथा मेडिकल कलेजहरुलाई सम्बोधन गर्दै उपचार खर्च बेहोर्न नसक्ने कोरोना संक्रमितको उपचार निःशुल्क गर्न भनिएको छ ।

सरकारले परीक्षण तथा उपचारको लागि शुल्क लिने बताएपछि त्यसको चौतर्फी आलोचना भैरहेको छ । आलोचना भएपछि उपचार खर्च बेहोर्न नसक्ने स्वघोषणा गरे निःशुल्क हुने भन्दै बचाउ गरिरहेको सरकारले कतिपय अस्पतालमा उपचार नपाएको गुनासो आएको भन्दै निःशुल्क उपचार गर्न निर्देशन दिएको हो । (उज्यालो अनलाइन)

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes