बिशुराजराईको पहलको करिब ३० घरपरिवारहरुलाई खाद्यान्न सामग्री र लताकपडा वितरण - Pahilo Online

बिशुराजराईको पहलको करिब ३० घरपरिवारहरुलाई खाद्यान्न सामग्री र लताकपडा वितरण

writer

कानेपोखरी । नेपालमा दिनहुँ कोरोना भाइरसका बिरामीको संख्या बढदो छ । एकातिर कोरोना अर्कातिर नेपालीहरुको महान चाड बडादशैं, यसपालीको बडादशैंमा अघिल्ला बर्षहरुको जस्तो चहलपहल देखिदैन । कोरोनाका कारणले लामो समय लकडाउन हुँदा धेरैको रोजिरोटी खोसियो, विपन्न परिवारलाई त झनै समस्या परेको छ । दशैं घरमै आइसक्यो खानको लागि खाना छैन, लाउनका लागि लुगा छैन । विपन्न, एकल, अपांग परिवारहरुको भोको पेट र नाङ्गो शरीर ढाक्नका लागि नेकपाका युवा नेता एवम कानेपोखरी युवा समाजका अध्यक्ष बिशुराज राई एक संम्बाहक बनेका छन् ।

 

शुक्रबार बिशुराज, बिज्ञान सुब्बा, आशिष राईलगायतको विशेष पहलमा युकेमा कार्यरत ललिता लिम्बूको मुख्य आर्थिक सहयोगमा कानेपोखरी गाउँपालिका वडा नम्बर ७ को बरगाछी,४ नम्वर वडाको खोरिया र ५ नम्वर वडा भौसाबारी लगायतका आर्थिक अवस्था कमजोर भएका करिब ३० घरपरिवारहरुलाई बडादशैंको अवसर पारी खाद्यान्न सामग्री, लताकपडा वितरण गरिएको छ । सो राहत एक औपचारिक कार्यक्रम गरि वितरण गरिएको हो ।

कार्यक्रमलाई औपचारिकता प्रदान गर्न कानेपोखरी वडा नम्बर ४ का अध्यक्ष धनबहादुर राईको प्रमुख अतिथ्यता रहेको थियो । विशेष अतिथीमा समाजसेवी एवम नेकपा प्रदेश कमिटी सदस्य ईन्द्र सुब्बा, आदिवासी जनजाती महासंघ जिल्ला उपाध्यक्ष भोजबिर माझी, ४ नम्बर वडा सदस्य महेन्द्र गुरुङ, अतिथीहरुमा समाजसेवी तथा युवा नेतृत्वहरु भुपेन्द्रकुमार सुब्बा, बिज्ञान सुब्बा, डम्बर कटुवाल, सुरेश गुरुङ, चित्र राईलगायत विशेष उपस्तिथि रहेको थियो । सामाजिक कार्यमा तल्लिन रहने उर्जा सदैव मिलोस भन्दै अतिथिहरुले सहयोगीहरुलाई हौसला प्रदान गरेका थिए ।

सोही अवसरमा बिशुराजको मुख्य पहलमा कानेपोखरी ४ खोरियाको मातृभुमी समाज सेवा युवा क्लब र कानेपोखरी ५ भौसाबारीस्थित क्यापस डाँडाको रेडस्टार फुटबल क्लबका १५–१५ जना खेलाडीलाई जनही १–१ सेट जर्सि उपलब्ध गराएका छन् । सामाजिक दुरी कायम गर्दै युवानेता भुपेन्द्रकुमार सुब्बाले औपचारिक कार्यक्रमको सञ्चालन गरेका थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes