नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या एक लाख ५५ हजार दुई सय ३३ पुग्यो - Pahilo Online

नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या एक लाख ५५ हजार दुई सय ३३ पुग्यो

writer

मोरङ । नेपालमा गएको २४ घण्टामा दुई हजार दुई सय २५ जनामा कोरोना पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या एक लाख ५५ हजार दुई सय ३३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

गएको २४ घण्टामा १३ हजार आठ सय ४६ जनाको पीसीआर परीक्षण गरिएको थियो । काठमाण्डौ उपत्यकामा मात्रै एक हजार एक सय १० जना थपिएका छन् । यस्तै गएको २४ घण्टामा दुई हजार आठ सय ४६ जना कोरोना सङ्क्रमणमुक्त भएसँगै कोरोनाबाट निको हुनेको सङ्ख्या एक लाख आठ हजार तीन सय ३४ पुगेको छ ।

अब नेपालमा ४६ हजार ५७ जना सक्रिय सङ्क्रमित रहेका छन् । यस्तै गएको २४ घण्टामा १३ जनाको ज्यान गएसँगै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या आठ सय ४२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes