पथरी शनिश्चरे नगरमा उपप्रमुख सहित ३८ जनामा कोरोना पोजेटिभ - Pahilo Online

पथरी शनिश्चरे नगरमा उपप्रमुख सहित ३८ जनामा कोरोना पोजेटिभ

writer

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगर उपप्रमुख सहित नगरका जनप्रतिनिधि, नगर कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र पत्रकार सहित पछिल्लो पटक ३८ जनामा कोरोना भाइरस देखिएको छ । कोशी अस्पताल विराटनगरमा ७ दिन अघि पठाइएको स्वाबको बिहिबार आएको रिपोर्टमा पथरीशनिश्चरे नगर उपप्रमुख यमुना विष्ट वास्तोला सहितका जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, नगर प्रहरी र पत्रकार सहित समुदायका ३८ जनामा कोरोना पोजेटिभ देखिएको नगर स्वास्थ्य शाखाले जनाएको छ । पछिल्लो पटक १ सय १५ जनाको स्वाबको नमूनामध्ये ३८ जनामा पोजेटिभ देखिएको हो । सोही बेला पठाएको स्वाबको प्रदेश प्रयोगशालामा गरिएको परीक्षणमा जनप्रतिनिधि, कर्मचारी र स्वास्थ्यकर्मी सहित ९ जनामा पोजेटिभ देखिएको रिपोर्ट यसअघि नै आएको थियो ।

हिजोको रिपोर्टमा वडा नम्वर १ मा १४ पुरुष र ४ महिला, २ मा ३ पुरुष, ३ मा १ महिला १ पुरुष, ४ मा ४ पुरुष, ५ मा १ महिला, ७ मा १ महिला एक पुरुष, ९ मा ३ महिला १ पुरुष र १० मा २ पुरुष र १ महिलामा संक्रमण देखिएको हो । जसमा कानेपोखरी ठेगाना लेखाएका एक पुरुषमा पनि कोरोना देखिएको छ । जनप्रतिनिधि, कर्मचारी र स्वास्थ्यकर्मी सहितमा कोरोना देखिएपछि असोज ३० देखि नगरपालिका, वडा कार्यालय तथा नगर अस्पताल, शनिश्चरे स्वास्थ्य चौकी र १ नम्वर वडाको आधारभूत स्वास्थ्य केन्द्रको सेवा समेत बन्दकै अवस्थामा रहँदा दशैं विदा सुरु भएको छ ।

नगरमा कोरोना संक्रमण दिनदिनै बढेपछि नगर प्रमुख दिलीपकुमार राईले दशैंतिहार, छैट लगायतका चाडपर्वका बेला झनै बढी स्वास्थ्य सतर्कता अपनाउन नगरवासीमा अनुरोध गरेका छन् । कोरोनाको बढ्दो संक्रमणका कारण भीडभाड नगरी परम्परा धान्ने हिसावले मात्र चाडपर्व मनाउनु पर्ने वाध्यता रहेको सुझाउनु भएको छ । उहाँले अत्यन्तै स्वास्थ्य सावधानी अपनाएर आफुपनि बच्न र अरुलाई पनि बचाउन आग्रह गरे । दशैंको विदाको समयमा कोरोना जाँचको अवस्था समेत असहज हुने हुँदा भौतिक दूरी कायम गर्दै अनिवार्य रुपमा मास्क लगाउने, साबुनपानीले हात धुने र सेनिटाइजर लगाएर स्वास्थ्य सतर्कता अपनाउन थप आग्रह गरे ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes