सिमावर्ती क्षेत्रको स्थलगत रुपमा अनुगमन तथा निरीक्षण - Pahilo Online

सिमावर्ती क्षेत्रको स्थलगत रुपमा अनुगमन तथा निरीक्षण

writer

मोरङ । १ नं प्रदेश प्रहरी कार्यालय विराटनगर कार्यालयका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर बाबु कार्कीले आज मोरङ र सुनसरी जिल्लाको सिमावर्ती क्षेत्रमा रहेका प्रहरी युनिटहरुको र सिमा क्षेत्रको आकस्मिक रुपमा स्थलगत अनुगमन तथा निरीक्षण गरेका छन् । नेपालीहरुको महान चार्ड विजया दशमी, दिपावाली लगायतका चाडपर्वहरु नजिकिदै गरेको अवस्थामा सिमावर्ती क्षेत्रबाट हुने अवैध चोरी निकासी, लागुऔषध ओसारपसार लगायतका सिमावर्ती अपराधहरु हुन गर्न नदिन कडाईका साथ लक्षीत सुरक्षा योजना लागु गर्न प्रहरी कर्मचारीहरुलाई निर्देशन दिए । साथै सिमावर्ती क्षेत्रमा रहेका प्रहरी युनिटहरुमा कार्यरत प्रहरी कर्मचारीहरुलाई कार्य सम्पादनको क्रममा कोभिड १९ को मापदण्डको पालना गरी उच्च मनोवलका साथ प्रभावकारी भुमिका निर्वाह गर्न समेत उत्प्रेरित गरे ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes