कक्षा १२ को परीक्षा मङ्सिर मा हुने - Pahilo Online

कक्षा १२ को परीक्षा मङ्सिर मा हुने

writer

मोरङ । कोरोनाका कारण रोकिएको कक्षा १२ को परीक्षा आउँदो मङ्सिर ९ गतेदेखि सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बुधबार परीक्षाको तालिका सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो ।

बिहान ८ बजे सुरु हुने परीक्षा मङ्सिर १६ गते सकिने कार्यतालिका रहेको छ । शनिबार पनि परीक्षा सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । कोरोना सङ्क्रमण पुष्टि भइ उपचाररत परीक्षार्थीहरुलाई परीक्षामा सहभागी नहुन बोर्डले आग्रह गरेको छ । त्यस्ता परीक्षार्थीहरुका लागि नेपाल सरकारबाट मान्यता प्राप्त प्रयोगशालाद्वारा परीक्षण गरिएको प्रयोगशाला रिपोर्टको आधारमा पछि छुट्टै परीक्षाको व्यवस्था गरिएको बोर्डले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes