राष्ट्रपति भण्डारीद्वारा रानीपोखरी र दरबार हाइस्कुलको उद्घाटन - Pahilo Online

राष्ट्रपति भण्डारीद्वारा रानीपोखरी र दरबार हाइस्कुलको उद्घाटन

writer

काठमाण्डौ । केहि समय अघि पुनर्निर्माण सम्पन्न भएको काठमाण्डौको रानीपोखरी राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा उद्धाटन गरीएको छ २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षतिग्रस्त रानीपोखरीको पुनर्निर्माण सम्पन्न भएपछि बुधबार राष्ट्रपति भण्डारीले उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले भूकम्पबाट क्षति भएका सबै संरचनाहरुको पुनर्निर्माण छिट्टै सम्पन्न हुने विश्वाससमेत व्यक्त गरे ।

यस्तै उनले सबै सांस्कृतिक सम्पदालाई मौलिक स्वरुपमा निर्माण गर्न सक्षम हुने आशासमेत व्यक्त गरिन् । झण्डै तीन सय वर्षअघि कान्तिपुरका तत्कालीन राजा प्रताप मल्लले निर्माण गरेको रानीपोखरी र बालगोपालेश्वर मन्दिरको छुट्टै सांस्कृतिक महत्वभएको भण्डारीले बताइन् । रानीपोखरीको पुनर्निर्माणका लागि २०७२ माघ २ गते राष्ट्रपति भण्डारीले शिलान्यास गरेकी थिइन् । यसअघि गुम्बज शैलीमा निर्माण गरिएको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वरको मन्दिर विज्ञहरुको प्रतिवेदनअनुसार प्रताप मल्लको पालामा बनाइएको ग्रन्थकुट (शिखर) शैलीमा पुननिर्माण गरिएको छ ।

रानीपोखरीलाई आधुनिक शैलीबाट बनाउन लागिएको भन्दै सर्वत्र विरोध भएपछि फेरि पुरानै शैलीबाट निर्माण गरिएको हो । त्यसैले शिलान्यास भएको झण्डै पाँच वर्षपछि मात्रै रानीपोखरी पुनर्निर्माणको काम सम्पन्न भएको छ । रानीपोखरीसँगै ऐतिहासिक दरबाहर हाइस्कुलको समेत उद्घाटन भएको छ । राष्ट्रपति भण्डारीले भूकम्पबाट क्षतिग्रस्त भवनलाई पुरानै शैलीमा निर्माण गर्न सहयोग पु¥याउने चीन सरकारप्रति धन्यवाद व्यक्त गरीन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes