पथरी शनिश्चरे नगरमा थप ९ जनामा कोरोना - Pahilo Online

पथरी शनिश्चरे नगरमा थप ९ जनामा कोरोना

writer

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरमा पछिल्लो पटक नगरका कर्मचारी र स्वास्थ्य कर्मचारी सहित थप ९ जनामा कोरोना भाइरस देखिएको छ । प्रदेश कोभिड प्रयोगशालामा गरिएको ५० जनाको परीक्षणमा आज ८ पुरुष र १ महिला सहित ९ जनाको रिपोर्ट पोजेटिभ आएको नगरको स्वास्थ्य शाखाले जनाएको छ ।

जसमा वडा नम्वर १ का ३ पुरुष र १ महिला, २ का १ पुरुष, ३ का १ पुरुष, ७ का १ पुरुष र ९ का २ पुरुषमा कोरोना देखिएको हो । यस अघि नगर र स्वास्थ्यका कर्मचारी सहित समुदायका संक्रमितको सम्पर्कमा रहेकाहरुको ‘कन्ट्रयाक ट्रेसिङ’का आधारमा पीसीआर परीक्षणका लागि गत कार्तिक १ गते १ सय ६४ जनाको स्वाब संकलन गरिएको थियो । जसमध्ये १ सय १४ जनाको कोशी अस्पताल विराटनगरबाट परीक्षणको रिपोर्ट आउन बाँकी रहेको छ ।

नगर प्रमुख दिलीपकुमार राईले नगरमा कोरोना संक्रमित बढ्दै गएकाले अत्यन्तै स्वास्थ्य सतर्कता अपनाउन नगरवासीमा अनुरोध गरेका छन् । उनले अनिवार्य रुपमा कम्तिमा डेढ मिटरको भौतिक दूरी कायम गर्न, मास्क लगाउन, साबुन पानीले हात धुन र सेनिटाइजर लगाउन थप अनुरोध गरे । १२ बर्ष मुनीका बालबालिका र ज्येष्ठहरुलाई थप सतर्क बन्न समेत अनुरोध छ । गत असोज ३० गतेदेखि कार्तिक ६ गतेसम्म नगरपालिका र वडा कार्यालयको प्रशासनिक सेवा बन्द गरिएको छ । नगर अस्पताल, शनिश्चरे स्वास्थ्य चौकी र वडा नम्वर १ स्थित आधारभूत स्वास्थ्य केन्द्रको सेवा पनि बन्द अवस्थामा छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes