अबैध रुपमा भन्सार छली गरी ल्याएको सामानहरु बरामद - Pahilo Online

अबैध रुपमा भन्सार छली गरी ल्याएको सामानहरु बरामद

writer

मोरङ । अबैध रुपमा भन्सार छली गरी लुकाई छीपाई ल्याएको करिव ११ लाख मुल्य बराबरको सामानहरु जिल्ला प्रहरी कार्यालय मोरङले बरामद गरेको छ । हिजो(सोमबार) विभीन्न समयमा जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहत समेतबाट गस्तीमा खटिएको प्रहरी टोलीले ११ लाख मुल्य बराबरको अतिसबाजी (पटका), खाद्यान्न तथा लत्ता कपडाहरु बरामद गरी भन्सार कार्यालयमा बुझाएको हो ।

भारतिय सिमा एरियाहरुमा खटिएको प्रहरी टोली तथा विशेष सुराकका आधारमा मोरङको कटहरी ४ लोहन्द्रा घाटमा खटिएको प्रहरी टोलीले १ लाख ८० हजार बराबरको पटका, ७ लाख बराबरको लत्ता कपडा तथा २ लाख २० हजार रुपैया बराबरको खाद्यान्न सामानहरु बरामद गरी विराटनगर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यसै गरी हिजो विभिन्न समयमा जिल्ला प्रहरी कार्यालय झापा तथा मातहत समेतबाट सिमा एरियाहरुमा गस्तीमा खटिएको प्रहरी टोलीले ३ लाख बराबरको पटक तथा खाद्यान्न सामानहरु बरामद गरी भन्सार कार्यालयमा बुझाएको छ । यता जिल्ला प्रहरी सुनसरीबाट खटिएको प्रहरी टोलीले ६० हजार रुपैया बराबरको भन्सार छली गरी ल्याएका खाधान्न सामानहरु बरामद गरी भन्सार कार्यालयमा बुझाएको छ ।

तस्कर नियन्त्रण तथा भन्सार छली नियन्त्रण गर्ने अभियान स्वरुप तथा कानुन विपरित अवैध रुपमा चोरी निकासी पैठारी रोक्ने अभियान स्वरुप विशेष कदम चालिएसंगै यसरी अवैध रुपमा भन्सार छली गरी ल्याएका सामानहरु बरामद गरी भन्सार कार्यालयमा बुझाउदै आईएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes