उदयपुर । उदयपुर चौदण्डिगढी १० देबधार बस्ने ९ बर्षीय बिक्रम चौधरीको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । हिजो(सोमबार) अपरान्ह ४ बजे सोही स्थानमा रहेको देबधार खोलामा पौडी खेल्ने क्रममा उनको डुबेर मृत्यु भएको भनि आफन्तले राती ९ बजे ईलाका प्रहरी कार्यालय बेल्टारमा जानकारी गराएका थिए । घटनाको जानकारी पाउनसाथ प्रहरी टोली खटि गई कानुनी कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
