बिराटनगरबाट प्रतिबन्धित लागुऔषध सहित दुई जना पक्राउ - Pahilo Online

बिराटनगरबाट प्रतिबन्धित लागुऔषध सहित दुई जना पक्राउ

writer

मोरङ । मोरङको बिराटनगर १६ स्थित दरैया एरियाबाट प्रतिबन्धित लागुऔषध सहित दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा विराटनगर रानी १५ का ३१ बर्षीय शम्भु साह र सोही स्थानका ३० बर्षीय बिकी राई रहेका छन । विशेष सुराकका आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर अनुसन्धान समुहबाट खटिएको प्रहरी टोलीले उनिहरुलाइ ६२ बोतल डाईलेक्स डिसी, १८७ ट्याब्लेट नाईट्रोजन र २३८ ट्याब्लेट एसपी प्रोक्सिभन लागुऔषध सहित आज(मंगलबार) विहान सवा ४ बजे पक्राउ गरेको हो । पक्राउ परेका दुवै जना उपर जिल्ला प्रहरी कार्यालय मोरङबाट कानुनी कारबाही अगाडी बढाईएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes