कानेपोखरी गाउँपालिकामा ५ बेड क्षमताको आइसोलेसन हस्पिटल सञ्चालन - Pahilo Online

कानेपोखरी गाउँपालिकामा ५ बेड क्षमताको आइसोलेसन हस्पिटल सञ्चालन

writer

कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका वडा नम्बर ४ स्थित बयरबनको स्वास्थ चौकीमा आज(सोमबार) बाट ५ बेड क्षमताको आइसोलेसन हस्पिटल सञ्चालमा ल्याइएको छ।  वडा नम्बर ४ का अध्यक्ष धनबहादुर राईले अध्यक्षता भएको कार्यक्रमको प्रमुख अतिथ्यता गाउँप्रमुख ताराबहादुर काफ्लेले गरेका थिए। सो हस्पिटलमा एक एमबीबीएस डाक्टर, एक ल्याब टेक्निसियन र एकजना स्टाफ नर्स कार्यरत रहने छन्।

अस्पतालको गेड अगाडि राखिएको ब्यानरको अनावरण गर्दै प्रमुख अतिथीलगायत अतिथीहरुले सो अस्पताललाई औपचारिक रुपमा उद्घाटन गरेका हुन । उद्घाटन सत्रमा बोल्दै प्रमुख काफ्लेले कानेपोखरी पालिका समृद्धितर्फ तिव्र गतिमा अघि बढिरहेको बताए।उनले कोभिड अस्पताललाई सही तरिकाले संचालनमा ल्याउन हरेक तवरले साथ दिने जानकारी गराउदै चाडैं १५ वेडको अस्पताल पनि संचालनमा ल्याउने तयारी रहेको जानकारी दिए।हाल कोरोना संक्रमितको संख्या दिनहुुँ बढिरहेको अवस्थामा सम्पुर्णलाई सावधानी रहन आग्रह गरे।अस्पताल बस्नुपर्ने कोरोना संक्रमीतले आफ्नै पालिकाबाट सुबिधा पाउँदा सहजता हुने उनले बताए।

कार्यक्रममा कानेपोखरी क्वारेन्टाईन संयोजक तथा वडा नम्बर ६ का वडाअध्यक्ष खड्क बस्नेत, ईन्द्र सुब्बा, गणेश सुवेदि,राजकुमार राजबंशी,मनोज राजबंशी,टंक अधिकारी, बयरवन स्वास्थ्य चौकि प्रमुख ओम प्रकाश लिम्बु ,भुपेन लिम्बु ,भुमी दुलाल ,विर बहादुर बंम्जन, दिलिप शेर्पा, चिन्तामणि दाहाललगायतको विशेष उपस्थिति थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes