शिक्षक पुष्पलाल राईको हत्यारा पक्राउ - Pahilo Online

शिक्षक पुष्पलाल राईको हत्यारा पक्राउ

writer

इलाम । शिक्षक पुष्पलाल राईको हत्यारा पक्राउ परेका छन्। पक्राउ पर्नेमा माई नगरपालिका–१ का ४५ वर्षीय पदम राई रहेका छन्। संघीय प्रहरी इकाइ धरानको ‘लैला’ नामक ट्रयाकर कुकुरको सहायतामा पदमबहादुरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

गत असोज २९ गते अन्दाजी साढे १० बजेको समयमा पदमबहादुरको आँगनमा पुष्पलाल मृत फेला परेका थिए। घटनालगत्तै इलामका प्रहरी उपरीक्षक नवीनराज राईको नेतृत्वमा टोली घटनास्थल गएर अनुसन्धान सुरु गरेको थियो।

धारिलो हतियारले घाँटीको पछाडिको भागमा काटेको देखिएपछि थप अनुसन्धानका लागि लैलालाई झिकाएको प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए । लासलाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टमपछि घटनामा संलग्न पदमबहादुरलाई खकुरीसहित पक्राउ गरी अदालतबाट म्याद थप गरेर अनुसन्धान सुरु गरेको थियो।

पदमबहादुरले हत्या गरेको स्विकार गरेको सुवेदीले जानकारी दिए। मृतक राई अम्लिसे भञ्ज्याङ आधारभूत विद्यालय अध्यापन गराउँदै आएका थिए।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes